तरकारीमा रमाउँदै रोहित

सुर्खेत, बराहताल गाउँपालिका–७, साँखका रोहित गरंजा वैदेशिक रोजगारीको सिलसिलामा ३० महिना कतार बसे । उनको योजना त १० वर्ष त्यतै बस्ने थियो ।२०७० सालमा जब उनी घर फर्किए, उनको मन कतार जान मानेन । गाउँमा साथीभाइले तरकारी खेतीबाट राम्रो आम्दानी गरेको देखेपछि उनीपनि यही व्यवसायमा लाग्ने सोचमा पुगे ।
उनको त्यही सोच अहिले आकर्षक आम्दानी दिन सफल भएको छ । तरकारी बेचेरै विदेशमा भन्दा राम्रो कमाई हुँदा उनी दंगछन् । ‘मिहिनेत ग¥यो भने यहिँपनि राम्रो आम्दानी हुँदो रहेछ,’उनी भन्छन्, ‘त्यो थाहा नहुँदा बेकारमा विदेश गएर समय खेर फालियो ।’


उनले दुई रोपनी खेतबारीमा तरकारी लगाएका छन्, जसबाट मासिक ४० हजार रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । उनको लागि अहिले आप्mनै घर विदेशजस्तो भएको छ । कतारमा दैनिक १६ घण्टा काम गरेर पनि सोचेजस्तो कमाई गर्न नसकेका उनी घरपरिवारसँग बसेर दैनिक पाँच–सात घण्टा काम गरी पाउने आम्दानीबाट सन्तुष्ट छन् । ‘विदेश त भन्नु मात्र रहेछ, सुख र सन्तुष्टि त आप्mनै देशमा हुँदो रहेछ,’उनीभन्छन्, ‘त्यसको लागि हामीले आप्mनो माटोको महत्व बुभ्mन सक्नुपर्छ ।’
तरकारीको आम्दानीले उनले केही जग्गा जोडेका छन् । छोराछोरीलाई निजी विद्यालयमा हालेका छन् । घरव्यवहार पनि राम्रैसँग चलिरहेको छ । उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले सहयोगपछि उनी थप उत्साही भएका छन् । आम्दानी पनि तेब्बरले बृद्धि भएको उनी बताउँछन् । ‘आयोजनाले सहयोग गरेपछि मैले बेमौसमी तरकारी पनि लगाएँ,’उनले भने, ‘व्यवसाय सम्बन्धी आर्थिक र प्राविधिक सहयोग गरेपछि उत्पादन माझन् बृद्धिभयो ।’
उनीगाउँको एकताआयआर्जन कृषक समूहमा आवद्ध छन् । उक्त समूहमार्फत आयोजनाले तरकारी संकलन केन्द्र, सिँचाई कुलो र उत्पादित तरकारीको बजारीकरणमा सहयोग गरेको छ । ‘यसअघिबर्खामा धान लगाउँथ्यौँ,हिउँदमा जग्गा बाँझै हुन्थ्यो,’ उनले भने, ‘आयोजनाले सिँचाईमा सहयोग गरेपछि अहिले हिउँदमा पनि तरकारी फलाउँछाँै,१० मुरी धानफल्ने जमिनमा तरकारीको आम्दानीबाट सय मुरी धान किन्ने पैसा आउँछ ।’
विदेशबाट फर्केपछि उनीआपूm मात्र तरकारी खेतीमा लागेनन्, आप्mनो विदेश गएको भाइलाई समेत बोलाएर यही व्यवसायमा लगाएका छन् । उनी अरु युवालाई पनि विदेश जान छोडेर स्वदेशमै कृषि कर्म गर्न सुझाव दिन्छन् । केही युवा उनको प्रगति देखेर स्वस्पूmर्त रुपमाउनको बाटोमा हिँडि सकेका छन् । ‘इलम गर्न लाज नमानौं, जे गर्नुछ आप्mनै देशमा गरौं,’ उनीभन्छन्, ‘त्यति ग¥यो भने यहिँ सुन फल्छ, अनि किन जाने विदेश ?’

प्रकाशित मितिः २५ आश्विन २०७५, बिहीबार ०८:०२

Leave a Reply

Your email address will not be published. Required fields are marked *