सुर्खेतमा कालो धानको व्यवसायीक खेती

सुर्खेत, २९ कार्तिक ।
सुर्खेतका एक जना युवाले कालो धानको व्यवसायिक खेती सुरु गरेका छन । वीरेन्द्रनगर नगरपलिका -१० का युवा मुरारीजंग थापाले तीन वर्षअघिबाट कालो धानको ब्यावसायीक खेती सुरु गरेका हुन । जी ६० प्रजातीको कालो धानको पहिलो वर्ष एक किलोबाट परिक्षण गरेको उनले दोस्रो वर्ष पा“च कट्ठा, यो वर्ष १० कट्ठामा धान लगाएको बताए ।
१० कट्ठाबाट ५ क्वीन्टल चामल उत्पादन गरेका उन्ले एक मुरी धानबाट २५ केजी चामल निस्किने गरेको उल्लेख गरे । एक केजी चामल ५ सय रुपैया“मा बिक्छ उनले भने, ‘धेरै मेहनत गरेर धान उत्पादन गरी थोरै मुल्यमा बेच्नुभन्दा, थोरै मेहनतबाट र थोरै धानबाटै राम्रो फाइदा लिन सकिन्छ ।’


स्नातक गरेका थापाले नया“काम गर्नुपर्छ भन्ने सोचले आफुले अर्गानीक कालो धानको खेती सुरु गरेको बताए । पढेर जागिरै गर्नुपर्छ भन्ने छैन, व्यावसायीक रुपमा नया“ प्रजातीका कृषि उत्पादन गरेर पनि जीवन चलाउन सकिन्छ भन्ने मान्यता मेरो छ उनले भने । उत्पादन गरिएको कालो चामलको बजारको लागि कुनै समस्या नभएको पनि उनले बताउ । उन्ले भने, ‘माग धेरै छ, चामल पु¥याउन सकिएको छैन ।’ थापा अर्को वर्ष पा“च विघा जमिनमा कालो धानको खेती गर्ने योजनामा छन ।
निम्न आयस्तर भएका किसानहरुको आर्थिकस्तरमा सुधान ल्याउन कालो धानको व्यवसायिक खेतीमा सघाउने उनले बताए । रोपेको ६० दिनमा धान तयार हुने भएकाले धान काटेर तरकारी खेती गर्न पनि किसानलाई सजिलो हुने उनले बताए । थापाले वीरेन्द्रनगर १० भनपुरमा धान खेती गरिरहेका उनले इन्डोनेसियामा पाईने यो धानको बिउ काठमान्डौबाट ल्याए लगाएका हुन । थापाले वीरेन्द्रनगर अर्गानिक कृषि फर्म दर्ता गरेका छन् ।
कालो धानको भात खादा धेरै फाइदा हुने उनले बताए । विशेषगरी मधुमेह, उच्च रक्तचाप, ग्यास्ट्रीक, क्यान्सर, मुटुको विरामीको लागि यो धेरै फाइदाजनक छ उनले भने, अरु चामल मिसाएर भात खादा राम्रो हुन्छ । यसमा कार्वोहाईड्रेटको मात्रा कम हुने र रोग प्रतिरोधात्मक क्षमता बढाउने तत्व बढी पाइने भएकोले स्वास्थ्यका दृष्टिले राम्रो मानिन्छ ।

प्रकाशित मितिः २९ कार्तिक २०७५, बिहीबार १५:३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *