मुटु र कलेजो एउटै भएका जुम्ल्याहा शिशुहरुको मृत्यु

मंसिर २ गते कर्णाली प्रदेश अस्पताल सुर्खेतमा शरीर जोडिएको अवस्थामा जन्मिएका जुम्ल्याहा बालिकाको मृत्यु भएको छ।शनिबार राति उनीहरूको मृत्यु भएको अस्पतालले जनाएको छ। कालिकोटको रास्कोट नगरपालिका–५ सिउनाकी ललिता बुढाले ती दुई बालिकालाई जन्म दिएकी थिइन्। बालिकाहरूको तौल ३ किलो ६०० ग्राम थियो।

कलेजो र मुटु जोडिएको अवस्थामा ती बालिकाको जन्म भएको थियो। एक्सरेपछि उनीहरूको शल्यक्रिया गर्ने अस्पतालको तयारी थियो। तर उनीहरूको शल्यक्रिया गर्न सकिने अवस्था नरहेको अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. नवराज केसीले बताए । ‘हामीले काठमाडौंदेखि देशका विभिन्न ठाउँहरुसँगै भारतको दिल्लीसम्म बालिकाहरूको शल्यक्रियाका लागि कुरा गर्‍यौं’ डा. केसीले भने, ‘तर हामीले सम्पर्क गरेका कुनै पनि ठाउँबाट शल्यक्रिया हुन नसक्ने जानकारी आयो।’

प्रकाशित मितिः ९ मंसिर २०७५, आईतवार १८:०२

Leave a Reply

Your email address will not be published. Required fields are marked *