सुर्खेत उपत्यकामा प्रतिसेकेन्ड १५ लिटर पानी थपिदै

सुर्खेत, १० मंसिर ।
सुर्खेत उपत्यकामा खानेपानी आपूर्ति गर्दै आएको ‘सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था’ले अब प्रतिसेकेन्ड १५ लिटर पानी थप्ने जनाएको छ । रतु र गर्पणको बीचमा रहेको दमाईखोलाको पानी वीरेन्द्रनगरमा ल्याउन लागेको सस्थाका अध्यक्ष कुुलमणी देवकोटाले बताए ।

नयाँ आयोजनाबारे संचारकर्मीलाई जानकारी दिदै संस्थाका अध्यक्ष कुलमणी देवकोटा ।

पानी ल्याउनको लागि डिपिआर तयार भैइसकेको छ । करेखोलामा रहेको पानी प्रशोधन केन्द्रसम्म पानी खसाल्नको लागि ४ करोड ५० लाख रुपैया लाग्ने अनुमान गरिएको छ । नयाँ आयोजना निर्माण भएभएपछि प्रतिसेकेन्ड १५ लिटर प्रतिसेकेण्ड पानी थपिने छ ।
दमाईखोलाको पानी थपिए करिव ७ हजार पानीका धारा वितरण गर्न सकिने अध्यक्ष देवकोटाले जानकारी दिए । भेरी नदीको पानी नआउदासम्म दमाईखोलाले केही राहत दिन्छ उनले भने बढ्दै सहरीकरणसँगै पानीको अभाव हुन थालेपछि संस्थाले बैकल्पिक स्रोतको खोजी गरेको हो । भेरीको पानी सुर्खेत उपत्यकामा आउन ५ वर्ष लाग्छ ।

दमाई खोला ।

अहिले उपत्यकाबासीको लागि दैनिक १ सय ७६ लिटर प्रतिसेकेन्ड पानी आवश्यक पर्छ । तर खानेपानी संस्थाले १ सय ४९ लिटर प्रतिसेकेण्ड मात्रै आपूर्ति गर्दै आएको छ । १८ वर्षदेखि खानेपानी वितरण गर्दै आएको संस्थाले झुप्राखोला, खरीखोला, बोरीखोला, इत्रामखोला, खोर्के खोला लगायतकाबाट १ सय ४९ लिटर प्रतिसेकेण्ड पानी ल्याएको छ । अहिलेसम्म १५ हजार ९ सय ५८ वटा धाराबाट पानी वितरण गरिरहेको छ । ३ हजार ८ सय ८३ वटा धाराहरु जडानको प्रक्रियामा रहेको बताएको छ ।

झुप्राखोलाको मुहान ।

भेरी नदीको पानी पपिङ्ग गर्न डिपिआर भइसकेकाले यथाशिघ्र निर्माणका लागि पहल गरिरहेको पनि अध्यक्ष्य देवकोटाले जानकारी दिए । भेरी नदीको पानी पपिङ्ग गरी अमृत डाँडामा ल्याएर वितरण गर्ने उनले बताए ।

प्रकाशित मितिः १० मंसिर २०७५, सोमबार ०६:४५

Leave a Reply

Your email address will not be published. Required fields are marked *