बस दुर्घटनामा दुईको मृत्यु, ४३ जना घाइते

तस्वीर लोकेश आरसीको फेसबुकबाट ।

सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ४३ जना घाइते भएका छन ।
वीरेन्द्रनगर–१४ कटकुवाबाट फर्कदै गरेको भे १ ख ८५९ नम्बरको बस कपासे नजिकै गजेनी मोडमा शनिबार साँझ साढे पाँच बजेतिर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी सुर्खेतको लेकवेशी नगरपालिका–८ गन्नेपानीका जानकी दर्लामी र देउमाया बनटाकिको मृत्यु भएको प्रहरीले जनाएको छ ।  सुर्खेतका प्रहरी प्रमुख एसपी बसन्त रजौरेका अनुसार दुर्घटनामा घाइते चार जनाको अवस्था गम्भीर छ ।
घाइतेहरुको कर्णाली प्रदेश अस्पताल कालागाउँ र माया नर्सिङ्ग होममा उपचार भइरहेको उनले बताए । लेकबेसी – ८ गन्नेपानीको जनजागृती युवा क्लबको टोली पिकनिक खाएर फर्कदै गर्दा बस दुर्घटना भएको प्रहरीले बताएको छ ।  ड्राइभरले मदिरा खाएर चलाएको र कन्ट्रोल गर्न नसक्दा बस दुर्घटनामा परेको यात्राहरुले बताएका छन ।

प्रकाशित मितिः १५ मंसिर २०७५, शनिबार २०:१४

Leave a Reply

Your email address will not be published. Required fields are marked *