बृद्ध दम्पत्तिको मिहिनेती मन

उमेरले बुढ्यौलीको यात्रा तय गरिसक्यो । सुर्खेत, बराहताल गाउँपालिका–१०, सिमलचौरका ६४ वर्षीय ससबहादुर सिँजाली र उनकी श्रीमती ६५ वर्षीया नन्दकली भने युवा जोसका साथ कृषिकर्ममाा लागिरहेका छन् । सात वर्षदेखि यो दम्पत्ति व्यावसायिक तरकारी खेतीमा तल्लिन छ, जसले उनीहरुको जीवनमा आर्थिक बहार ल्याएको छ भने गाउँमा प्रेरणा पैदा गरेको छ ।
बेलुका तरकारी टिपेर राख्ने अनि बिहानै ५÷६ बजेतिर डोकामा लगेर वीरेन्द्रनगरमा पु¥याउने । यो उमेरमा पनि उनीहरुको दैनिक यसैगरी बितेको छ । ‘हामी आलोपालो तरकारी लगेर वीरेन्द्रनगर पुग्छौं,’ ससबहादुर भन्छन्, ‘काम गर्दा दुःख हैन, रमाइलो लागिरहेको छ ।’ बजार पुग्न सिमलचौरदेखि डेढ घण्टा लाग्ने र तरकारी बढी भएको दिन कहिलेकाहिँ गाडी बोलाउने गरेको उनले बताए ।
सिँजाली दम्पतीले मौसमी तथा बेमौसमी तरकारी लगाएका छन् । बारीमा काउली, बन्दा, टमाटर, लसुन, भेडेखुर्सानी, धनियाँलगायत फल्छन् । तरकारी ताजा हुने भएकोले बजारको समस्या छैन । उनीहरु वीरेन्द्रनगरस्थित पुजा मण्डीलाई तरकारी बेच्छन् । वर्षमा करिब दुई लाख रुपैयाँ आम्दानी हुने गरेको उनी बताउँछन् ।


सिँजाली दम्पत्तिको मिहिनेत देखेर उच्च मुल्य कृषि वस्तु विकास आयोजनाले पनि सहयोग गरेको छ । उनीहरु आवद्ध जनचेतना कृषक समूहमार्पmत उनीहरुले सहयोग पाएका छन् । आयोजनाको सहयोगमा उनले तरकारीको लागि टनेल बनाएका छन् । ‘पहिला घरमै आपूmलाई खानको लागिमात्र तरकारी लगाउँथ्यौं,’ नन्दकलीले भनिन्, ‘अहिले त आम्दानी पनि हुन्छ भन्ने भएपछि बेच्नकै लागि लगाउँछौं ।’
व्यावसायिक तरकारी खेतीसँगै सिँजाली दम्पत्तिले एउटा भैँसी र १५ वटा बाख्रा पनि पालेका छन् । पाँच सन्तानका बुवाआमा भए पनि सबै आ–आफ्नो बाटो लागिसकेकाले बृद्ध दम्पत्ति आप्mनो लागि आपैm जीवन धान्ने मेसो गरिरहेका छन् । ‘हातपाखुरी चल्दासम्म आफैले मिहिनेत गर्ने हो, चल्न छाडेपछि छोरीछोरीको कमाइ खाने हो,’नन्दकली भन्छिन्, ‘अहिले छोराछोरीको कमाई किन खाने ?’आर्थिक अभावले छोराछोरीलाई एसएलसीभन्दा माथि पढाउन नसकिएको सम्झिँदै नन्दकलीले पछुतो मानिन् ।
सिँजाली दम्पत्तिले टनेलभित्र र बाहिर रहरलाग्दो तरकारी फलाएका छन् । उनीहरु गाउँकै अगुवा र नमूना किसान कहलिएका छन् । ‘उहाँहरुको मिहिनेत देखेर हामी पनि अचम्मित छौं,’ जनचेतना कृषक समूह सिमलचौरका अध्यक्ष दुर्गबहादुर लामिछाने भन्छन्, ‘यसले काम नगरी बसेर खाने गाउँका थुप्रै मान्छेलाई मिहिनेतको पाठ सिकाएको छ ।’
कुनै समय यस्तो थियो– सिँजाली दम्पत्तिले बिरामी पर्दा साहुबाट सयकडा चार प्रतिशत व्याजमा ऋण काढेका थिए । अहिले उनीहरु उल्टै कसैलाई साह्रोगाह्रो पर्दा सहयोग गर्ने भएका छन् । उनीहरु गाउँकै चारवटा समूहमा मासिक बचत गर्छन् । तरकारीकै आम्दानीले वीरेन्द्रनगरमा जग्गा किनेका छन् । ‘उमेरले मिहिनेत मर्दैन, त्यो मनले मार्छ,’ सिँजाली दम्पत्तिले एकस्वरमा भने ।

प्रकाशित मितिः १६ मंसिर २०७५, आईतवार ०५:४१

Leave a Reply

Your email address will not be published. Required fields are marked *