स्वच्छ खानेपानीमा नागरिकको पहुँच

सुर्खेत, १७ मंसिर ।
संविधानले मौलिक हकको रुपमा व्यवस्था गरेको खानेपानी तथा सरसफाईमा नागरिकको पहुँच सुनिश्चित हुनुपर्ने जोड दिइएको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले आयोजना गरेको कर्णाली प्रदेश स्तरीय कार्यक्रमका सहभागीले मौलिक अधिकारलाई नागरिकले अनभूति गर्ने गरी काम गर्नुपर्नेमा जोड दिएका हुन ।
अहिले पनि धेरै नागरिकले स्वच्छ खानेपानीको प्रयोगबाट बञ्चित रहेको उल्लेख गदै उनीहरुले संविधान राखेर मात्र जनताको अधिकार सुनिश्चित हुन नसक्ने बताएका छन ।
कार्यक्रममा कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले नागरिकलाई स्वच्छ खानेपानीको व्यवस्था गर्न केन्द्र, प्रदेश र स्थानीय सरकारले सहकार्य गर्नुपर्ने बताए ।
कर्णाली प्रदेशका सामाजिक बिकास मन्त्री दल रावलले कर्णाली प्रदेशका सवै नागरिकलाई स्वच्छ र सफा खानी पानीको व्यवस्था गर्न प्रदेश सरकार लागि बताए ।


प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री खड्कबहादुर खत्रीले जनताको अपेक्षा अनुसार काम गर्न नसकिएको उल्ल्ेख गदै झन्झटिला कानुनमा तत्काल शंशोधन आवश्यक रहेकोमा जोड दिए ।
उपसभामुख पुष्पा घर्तीले खानेपानी तथा सरसफाई सम्वन्धी दीर्घकालिन योजनाहरु बनाएर अघि बढ्नु पर्ने सुझाव दिइन ।
प्रदेश सभा सासद अमरबहादुर थापा र हिमबहादुर शाहीले आगामी बर्षहरुमा योजना निर्माण गर्दा खानेपानी र सरसफाईको क्षेत्रमा बढी ध्यान दिन सरकारलाई आग्रह गरे ।


प्रदेशका योजना आयोगका सदस्य योगेन्द्र शाहीले प्रदेश स्तरीय गोष्ठीले कर्णाली प्रदेशको खानेपानी तथा सरसफाईका योजनाहरु निर्माणको लागि आयोगलाई महत्वपूर्ण सुझाव दिएको बताए ।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालले प्रदेश सरकारले बनाउने कानुन खानेपानी र सरसफाई मैत्री हुनुपर्नेमा जोड दिए ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ कर्णाली प्रदेशका अध्यक्ष कुलमणी देवकोटाले प्रदेश सरकारलाई विकासका योजनाहरु बनाउँदा खानेपानी तथा सरसफाई सम्वन्धी योजनाहरुलाई विशेष प्राथमिकता दिन आग्रह गरे ।


खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ कर्णाली प्रदेशका सचिव चित्रसिंह गाउँलेले संचालन गर्नु भएको कार्यक्रममा अधिवक्ता दोय राजेश हमाल र बसन्त अधिकारीले खानेपानी तथा सरसफाई सम्वन्धी नीतिगत व्यवस्थाको बारेमा जानकारी दिएका छन ।

प्रकाशित मितिः १७ मंसिर २०७५, सोमबार ०५:५५

Leave a Reply

Your email address will not be published. Required fields are marked *