सुर्खेत, २० मंसिर ।
सुर्खेतका चार जना पत्रकार पुरस्कृत भएका छन । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको तेइसौ साधारण सभाबाटको अवसरमा उनीहरुलाई विहीबार पुरस्कृत गरिएको हो ।
पत्रकार महासंघले हरेक वर्ष प्रदान गदै आएको बर्ष पत्रकारीता पुरस्कार नागरिक दैनिकका कर्णाली प्रदेश व्युरो प्रमुख नगेन्द्र उपाध्यायले पाएका छन । खानेपानी तथा सरसफाइ पत्रकारिता पुरस्कारबाट अनलाईन पत्रिका कर्मसंचारका सम्पादक इश्वर अधिकारी पुरस्कृत भएका छन ।
शान्ति पत्रकारिता पुरस्कार भने प्रदेश एफएममा कार्यरत पत्रकार धर्मराज जिसी र अनलाईन पत्रिका खवरइरामा कार्यरत बिमला खड्कालाई प्रदान गरिएको छ ।
उनीहरुलाई कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा मुख्य मन्त्री शाहीले प्रदेशमा रहेका संचार माध्यम र क्रियशिल संचारकर्मीको विकासमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।