सुर्खेत, ४ पुष ।
कर्णाली प्रदेशमा सवारी चालक अनुमति पत्र (लाइसेन्स ) नविकरण सेवा शुरु गरिएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको पहलमा प्रदेश राजधानी बीरेन्द्रनगरबाटै सवारी चालक अनुमति पत्र नविकरण सेवा शुरु भएको हो । यसअघि नविकरण गर्न सेवाग्राही नेपालगञ्ज जान्थे ।
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बिहिवार प्रदेश अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर डम्बर खड्काको अनुमति पत्र नविकरण गरी सेवाको सुरुवात गरेका हुन ।
कार्यक्रममा मन्त्री ज्वालाले यातायात कार्यालयलाई सुविधा सम्पन्न बनाउन आवश्यक बजेट विनियोजन गर्ने र नयाँ लाइसेन्स वितरण सेवा पनि छिट्टै सुरु गर्ने बताए ।
चार वर्ष स्थापना भएको सेवा कार्यालयले एकलौटी फर्म तथा व्यक्तिगत आय, सवारी सधान, सवारी चालक अनुमितपत्र ईजाजत दस्तुर र यातायात क्षेत्रको आम्दानी मात्रै संकलन गर्दै आएको छ ।
कार्यक्रममा एक साताभित्रै सवारी दर्ता सेवा पनि सञ्चालनमा ल्याइने कार्यालयका निमित्त प्रमुख घनश्याम बोगटीले बताए ।