सामुदायिक स्वास्थ्य इकाई संचालनमा

रारा संवाददाता
सुर्खेत, २ जेठ ।

पश्चिम सुर्खेतको सालकोट गाविस वडा न –२ हाँसेगाउँमा सामुदायिक स्वास्थ्य इकाई संचालनमा आएको छ ।
सालकोटको वडा न १ गैरीपोखरा, २ हाँसेगाँउ र ३ छिपछिपेका वासिन्दालाई पायक पर्ने गरी स्थापना गरिएको स्वास्थ्य एकाई हिजोदेखि संचालनमा आएको हो । एकाई संचालनमा आएपछि ६÷७ घण्टा हिडेर उपचारको लागि पलैटे जानुपर्ने समस्यावाट गाउँलेहरु मुक्त भएको गाविस सचिव तिलकराम अधिकारीले जानकारी दिनुभयो । गाविसको २ लाख आर्थिक सहयोगमा स्थानीय वासिन्दाले श्रमदानवाटै ३ कोठे पक्की भवन र शौचालय वनाएका छन ।
सामुदायिक स्वास्थ्य एकाइको लागि आवश्यक पर्ने २ रोपनी जग्गा स्थानीय रामपति रोकायले निशुल्क प्रदान गर्नु भएको वताएको छ ।
एक जना अहेक र एकजना स्टाफ नर्सको दरवन्दी रहेको स्वास्थ्य इकाइले भवन निर्माणसगै उपचार पनि सुरु गरेको गाविस सचिव अधिकारीले वताउनु भयो ।
हाँसेगाँउ स्वास्थ्य एकाई स्थापना भएपछि ३ वटा वडाका ६ सय घरधुरीका ३ हजार भन्दा बढी वासिन्दाले प्रत्यक्ष रुपमा लाभान्वित छन ।
यसैवीच स्वास्थ्य इकाइ भवनको उद्घाटन गदै क्षेत्रीय स्वास्थ्य निर्देशक भोगेन्द्रराज डोटलले स्वास्थ्य सेवामा जनताको पहुँच स्थापित गर्न सरकारले सामुदायिक स्वास्थ्य इकाईको अवधारण ल्याएको वताउनु भयो । उहाँले स्वास्थ्य एकाइलाई सुविधा सम्पन्न वनाउनको लागि क्षेत्रीय स्वास्थ्य निर्देशनालयले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।यस्तै गाविस सचिव तिलकराम अधिकारीले स्वास्थ्य एकाई स्थापनापछि सालकोटको दुर्गम वडाका वासिन्दालाई उपचारमा सुविधा हुने उल्लेख गर्नुभयो ।कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लोकवहादुर शाही, एमाले सुर्खेतका सचिव मोहन वडुवाल, सामुदायिक अस्पताल सालकोटका मेडिकल अधिकृत डा. विनोद साह, पत्रकार महासंघका अध्यक्ष गणेशकञ्चन भारती लगाएतले स्वास्थ्य एकाइलाई सुविधा सम्पन्न वनाउन पर्नेमा जोड दिनुभयो ।

प्रकाशित मितिः २ जेष्ठ २०७३, आईतवार ११:१७

Leave a Reply

Your email address will not be published. Required fields are marked *