बाढीपीडित ५० बालबालिकालाई न्यानो कपडा

सुर्खेत, १५ पुष ।
बाढीबाट विस्थापित भएर अस्थायी शिविरमा बस्दै आएका ५० जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । आइतवार एक कार्यक्रमका वीच कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दलबहादुर रावलले बीरेन्द्रनगस्थीत महिला प्रशिक्षण केन्द्रको शिविरमै पुगेर
वालबालिकालाई न्यानो कपडा जकेट हस्तान्तरण गरेका हुन ।


दुई साता अघि माउण्टेन टेलिभिजनले जाडोले गर्दा अस्थायी शिविरका बालबालिकामा समस्या भएको सम्वन्धी रिपोट प्रशारण गरेको थियो ।
उक्त रिपोर्ट हेरेर काठमाडौ निवासी गम्मिरकुमारी क्षेत्रीले न्यायो कपडा सहयोग गर्नु भएको यस सम्वन्धी रिपोटिङ्ग गरेका माउण्टेन टेलिभिजनका कर्णाली प्रदेश व्युरो प्रमुख विवस कुमार सेजुवालले बताए । माउण्टेन टेलिभिजनका लागि सुर्खेतबाट पत्रकार सेवुवालले नै यस सम्वन्धी रिपोटिङ्ग गरेका थिए ।
उनले स्वर्गीय पति मुरारीबहादुर क्षेत्रीको पुन्य तिथीको अवसरमा गम्भिर कुमारीले न्यानो कपडा बालबालिकालाई सहयोग गरेको समेत बताए । न्यानो कपडा पाएपछि बालबालिका र उनीहरुका अभिभावकहरु निकै खुशी भएका थिए ।


बालबालिकालाई न्यानो कपडा हस्तान्तरण गदै सामाजिक विकास मन्त्री दल रावलले न्यानो कपडा सहयोग गर्ने क्षेत्री र रिपोटिङ्ग गर्ने पत्रकार सेजुवाल दुवैलाई प्रदेश सरकारको तर्फबाट धन्यवाद दिए । उनले बाढी पहिरो पीडितको उचित पुर्नवासको लागि प्रदेश सरकारले काम थालिसकेको जानकारी समेत दिए ।
यस्तै बीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले बाढी पीडितको जीवन सहज बनाउन सवैको सहयोगको खाँचो औल्याइन ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा कान्तिपुर दैनिकका कर्णाली व्युरो प्रमुख कलेन्द्र सेजुवाल, नागरिक दैनिकका व्युरो प्रमुख नगेन्द्र उपाध्याय, मुख्यमन्त्रीका प्रेस सल्लाहकार धुव्र बुढाथोकी, कान्तिपुरकर्मी ज्योति कटुवाल, राससकर्मी लक्ष्मी भण्डारी लगायतका संचारकर्मीको सहभागीता थियो ।

प्रकाशित मितिः १५ पुष २०७५, आईतवार १५:२७

Leave a Reply

Your email address will not be published. Required fields are marked *