सुर्खेतमा तरुण दलको प्रर्दशन

सुर्खेत ,१३ माग । नेपाल तरुण दलले आइतबार वीरेन्द्रनगरमा प्रदेशस्तरीय विरोध र्‍याली आयोजना गरेको छ । कार्यक्रममा बोल्दै अध्यक्ष जीतजंग बस्नेतले सरकारले संविधान कुल्चिएर अघि बढेको आरोप लगाए ।

‘यस्तै हर्कत गर्दै गयो भने यो सरकार सडक संघर्षबाटै ढल्नेछ,’ उनले भने, ‘सरकारले संविधानका धारा–धारा च्यातिरहेको छ, यसको बदला तरुण युवाले लिएरै छाड्नेछन् ।’ सुनकाण्ड सामसुम पारिनु र निर्मला पन्तका हत्यारा लुकाइनुले सरकार जनताको नजरबाट गिरेको उनले बताए ।

तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले सरकारले न्यायपालिकामाथि पनि गिद्देनजर लगाएको आरोप लगाए । ‘कर्मचारीतन्त्र पनि त्राही–त्राही छ,’ उनले भने, ‘दुईतिहाइको बलमा सरकार जताततै दमनमा उत्रिएको छ ।’ यस्तै नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष, कोषाअध्यक्ष, लयायत कर्णालीका थुप्रै जिल्लाबाट तरुण दलले प्रतिनिधित्व गर्दै विरोध प्रदर्शन गरेको छ । तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले कर्णालीका तरुणहरु अब कर्णाली प्रदेशबाट भष्टहरुको खोजी गर्ने बताए ।
प्रकाशित मितिः १३ माघ २०७५, आईतवार १९:२६

Leave a Reply

Your email address will not be published. Required fields are marked *