शहिदको संझनामा टिभी प्रदान

सुर्खेत, १७ माघ ।
शहिद दिवसको अवसरमा शहिदलाई सम्झदै सुर्खेतको बीरेन्द्रनगरमा रहेको अपांङ्ग तथा असहाय बालबालिकाहरुको लागि संस्थालाई टिभी प्रदान गरिएको छ ।


सामाजिक काममा सक्रिय पाँच जना समाजसेवीले २८ हजार २ सय ५० रुपैयाको टिभी संस्थालाई संयुक्त रुपमा सहयोग गरेका हुन ।  संस्थामा रहेका बालबालिकाहरुको सिकाइ र मनोरञ्जनका लागि ३२ ईन्चको स्मार्ट टिभी प्रदान गरेको उनीहरुले बताएका छन् ।

 
टिभी किन्न अमेरिकामा रहेकी समाजसेवी जयन्ती थापाले १० हजार, वीरेन्द्रनगर ४ निवासी सामाजिक अभियन्ता केशव कार्कीले पाँच हजार एक सय, भवानी छापाखानकी संचालक हिमा उपाध्यायले पाँच हजार, नवलक्ष्मी सप्लायर्सका संचालक मुकुन्द गौतमले पाँच हजार एक सय ५० र मध्यपश्चिम विश्वविद्यालयका उपप्रध्यापक ललितजंग शाही तीन हजार रुपैया सहयोग गरेका थिए ।


बुधवार एक कार्यक्रमका वीच जयन्तीकी आमा पार्वती थापा, केशव कार्की, हिमा उपाध्याय, ललितजंग शाहीले टिमी संस्थाका पदाधिकारीहरुलाई हस्तान्तरण गरेका छन् ।

संस्थाले यस्ता वालवालिकालाई निशुल्क रुपमा नियमति फिजियोथेरापी, नियमित परामर्श, प्रयोगात्मक सामाग्रीको प्रयोग गरी विशेष शिक्षा र सीपमूलक तालिम संचालन गदै आएको छ ।
यस्तै दुर्गम क्षेत्रमा शिविर संचालन गरी त्यस्ता वालबालिकाहरुको पहिचान गरी उपचार गर्ने, बाल मस्तिष्क पक्षघात सम्वन्धी जनचेतना फैलाउने र पैरवी गर्ने तथा सम्वन्धीत निकायवीच समन्वय गर्ने काम पनि गदै आएको संस्थाका अध्यक्ष गणेश रावतले बताए ।
टिभी हस्तान्तरण गदै जयन्तीकी आमा पार्वतीले टाढा भएपनि छोरीले विभिन्न व्यक्ति र संस्थालाई निरन्तर रुपमा सहयोग गदै आएको बताइन् ।


कार्यक्रममा संस्थाका सचिव ज्ञानेन्द्र गौतमले महत्वपूर्ण सहयोगका लागी सहयोगी दाताहरुलाई हार्दिक कृतज्ञता व्यक्त गरेका छन् । संस्थालाई टिभीको उपलव्ध गराउनको लागि बीबीसीमा कार्यरत पत्रकार प्रकाश पन्तले समनवय गरेका थिए ।

प्रकाशित मितिः १७ माघ २०७५, बिहीबार २१:०३

Leave a Reply

Your email address will not be published. Required fields are marked *