सुर्खेत, २६ माघ ।
बालरोग विशेषज्ञ डाक्टर नवराज केसीको अगुवाईमा भैइरहेको क्लिन सुर्खेत र ग्रीन सुर्खेत अभियान २९ हप्ता पुगेको छ । २९ हप्तामा शनिवार बीरेन्द्रनगर बजारको मंगलगढी चोकमा थुनिएको नाला खोलेर सरसफाई गरिएको छ ।
कार्यक्रममा विंग्श फाउण्डेसन, वडा कार्यालय, सुर्खेत उद्योग बाणिज्य संघ जस्ता संस्थासहित विभिन्न व्यक्तिहरुको सहभागीता रहेको थियो ।
बीरेन्द्रनगर बजारलाई स्वच्छ र हराभरा बनाउन सके यो अभियानले सार्थकता पाउने डाक्टर केसीले बताए ।वडा नम्वर ६ का वडाध्यक्ष मोतिप्रसाद कँडेल, सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धनबहादुर रावतलगायतले अभियान संचालनपछि बीरेन्द्रनवगर बजारको सरसफाईमा महत्वपूर्ण परिवर्तन आएको दावी गरेका छन् ।