सुर्खेत, ३ जेठ ।
जिल्ला कृषि विकास कार्यालय सुर्खेतले गरेको जनाएको छ ।
धारापानी, लेखफर्सा, साटाखानी, गर्पन, गढी, वजेडीचौर, नेटा र वीरेन्द्रनगर नगरपालिकाका किसानलाई सय वटा आधुनिक मैरीघार प्रदान गरिएको हो ।किसानलाई मौरीपालन व्यवसायतपर्फ आर्कषित गर्ने उदेश्यले ५० प्रतिशत अनुदानमा मौरीजन्य सामाग्री प्रदान गरिएको कृषि विकास अधिकृत राजेन्द्र यादवले वताउनु भयो ।उहाँले किसानलाई घारको साथै आधार चाका, महदानी, धुवादानी, टोपी, पंञ्जा,रानी छोक्ने पाता लगायतका सामाग्री दिएको उल्लेख गर्नुभयो ।करिव ९ लाख रुपैयाका मौरीजन्य सामान किन्न किसानले ४ लाख ५० हजार रुपैया आफैले हालेका छन ।
यसैवीच जिल्ला कृर्षि विकास कार्यालय सुर्खेतले एकीकृत जलश्रोत व्यवस्थापन आयोजना अन्तर्गत किसानलाई साना फम मेसिनरी सामान वितरण गरेको छ ।८० प्रतिशत सरकारी अनुदानमा किसानलाई धान, गहु ओसाउने ३० वटा हातेपंखा, एउटा धान काटने मेसिन र २ वटा पावर टेलर वितरण गरेको कृषि विकास अधिकृत राजेन्द्र यादवले जानकारी दिनुभयो ।मालारानी र छिन्चुका किसानलाई हाते पंखा, कल्यानका किसानलाई धान काटने मेसिन र गुमीका किसानलाई पावर टेलर वितरण गरिएको छ ।