आगलागीवाट ३५ हजार वन क्षेत्र जलेर नष्ट

सुर्खेत, ३ जेठ ।

मध्यपश्चिमका ७ वटा जिल्लामा आगलागीवाट अहिलेसम्म करिव ३५ हजार वन क्षेत्र जलेर नष्ट भएको छ ।

imagesक्षेत्रीय वन निर्देशनालयलाई प्राप्त ७ वटा जिल्लाको तथ्याक अनुसार सुर्खेतमा सवैभन्दा बढी आगलागीका घटना भएका छन ।अहिलेसम्म सुर्खेतको १ सय ६६ स्थानमा लागेको आगोले २२ हजार ७ सय हेक्टर वन क्षेत्र नष्ट भएको वन निर्देशनालयका सुचना अधिकारी कृष्णदेव गिरीले वताउनु भयो ।उहाँले आगलागीवाट प्युठानमा ७ हजार ४ सय, रोल्पामा ३ हजार ३ सय, डोल्पामा ३ हजार २ सय जाजरकोटमा १ हजार ८ सय वन क्षेत्र सखाप भएको उल्लेख गर्नुभयो ।

यस्तै जुम्लाको ३५ हेक्टर र  मुगुको ४२ हेक्टर वन क्षेत्र पनि आगगालीका कारण नष्ट भएको बताएको छ आगलागीवाट वन्य जन्तु, चराचुरुगी, रुख विरुवाका साथै कतिपय ठाउँमा घाटगद्दी गरिएको काठमा पनि क्षेति पुगेको छ ।

प्रकाशित मितिः ३ जेष्ठ २०७३, सोमबार १२:४१

Leave a Reply

Your email address will not be published. Required fields are marked *