प्रचण्ड वा देउवाकै नेतृत्वमा नयाँ सरकार निर्माण गर्नुको कुनै तुक हुदैन —गृहमंत्री वस्नेत

idexसुर्खेत, १९ बैसाख ।
गृहमंत्री शक्तिवहादुर वस्नेतले संविधान कार्यान्वयन र तराईमा देखिएको समस्या समाधान गर्न सहमतिय सरकार आवश्यक भएको वताउनु भएको छ ।
क्रान्तिकारी पत्रकार संघ सुर्खेतले गरेको पत्रकार सम्मेलनमा उहाँले सरकार परिवर्तनको खेलमा लाग्नुको साटो अहिलेकै सरकारलाई राष्टिय सहमतिको स्वरुप दिएर संविधान कार्यान्वय गर्नुपर्नेमा जोड दिनुभयो । वर्तमान सरकार ढाल्नु पर्ने कुनै कारण नभएको उल्लेख गदै उहाँले भन्नुभयो,–‘प्रचण्ड वा देउवाकै नेतृत्वमा नयाँ सरकार निर्माण गर्नुको पनि कुनै तुक छैन । बरु केपी ओलीकै नेतृत्वमा सहमति सरकार वनाएर निर्माण गरेर संविधान कार्यान्वयमा जुट्यौं ।’
कुनैपनि देशको संविधानले सवै पक्षका भावना समेट्न नसक्ने उल्लेख गदै उहाँले तराई केन्द्रीत दलले गदै आएको आन्दोलनको कुनै आचित्य नभएको दावी गर्नुभयो । तराईका जनताले उठाउदै आएको अधिकाश माग पुरा भइसकेकोले वाकी जाहेज मागहरु पुरा गर्न पनि सरकार तयार रहेको वताउनु भयो ।
स्वीकृती विनै सुर्खेतको आकाशमा ड्रोन क्यामरा उडाउने म्यागी डोयनलाई त्यसै छाडेको भन्ने संचारकर्मीको प्रश्नमा गृहमंत्री वस्नेतले कानून उलङ्घन गर्ने कसैलाई उन्मुक्ति नदिने भन्दै घटनाको वस्ताविकता वुझेर कारवाही अघि वढाउने उल्लेख गर्नुभयो ।
यसैवीच एकीकृत नेकपा माओवादी निकट योड कम्युनिष्ट लिग वाइसीए सुर्खेतको तेस्रो जिल्ला सम्मेलनको उदघाटन गदै गृहमंत्री वस्नेतले सुर्खेतलाई प्रदेश नम्बर ६ को प्रान्तीय राजधानी वताउन सक्दो पहल गर्ने वताउनु भयो ।
उहाँले प्रदेशको विकासको लागि सवै दलहरु एकजुट हुनुपर्नेमा समेत जोड दिनुभयो । सुर्खेत, दाङ, बाँके र बर्दियामा आएको बाढी पीडितहरुको पुनस्र्थापनाका लागि सरकार गम्भिर भएर लागेको उल्लेख गदै वाढी पीडितलाई छिटटै पुर्नस्थापना गर्ने दावी गर्नुभयो ।

प्रकाशित मितिः ३ जेष्ठ २०७३, सोमबार १२:४५

Leave a Reply

Your email address will not be published. Required fields are marked *