अध्यक्ष देवकोटा सम्मानित

सुर्खेत, २६ फाल्गनु ।
सुर्खेत उपत्यका खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष कुलमणी देवकोटा सम्मानित भएका छन् । सुर्खेत उपत्यका खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई देशकै उत्कृष्ट संस्था बनाउन सफल भएकोमा मोडेल कलेज सुर्खेतले उनलाई सम्मान गरेको हो ।

आठौ बार्षिक उत्सवको अवसरमा कलेजले खानेपानीको संस्थागत सुधार, स्तर उन्नति, सेवा प्रभाहलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न देवकोटाले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताएको छ ।
उपभोक्ता संस्थालाई देशकै उत्कृष्ट संस्थाको रुपमा स्थापित गर्न देवकोटाको भुमिकाको उच्च प्रशंसा पनि कलेजले गरेको छ । नगर विकास कोषको आशिंक लागत असुली र सहभागीतामा निर्माण भएका देशैभरीका साना सहरी खानेपानी आयोजनाहरु मध्ये सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था उत्कृष्ट संस्थाको रुपमा छनौट हुनु सफल भएको छ ।


नगर विकास कोषले प्राकृतिक रुपमा खानेपानीको स्रोतको अभावका बाजजुद खानेपानीको संस्थागत सुधार र स्तर उन्नतिलाई रचनात्मक रुपले अगाडी बढाएको भन्दै देवकोटालाई यही फाल्गुन २ गते उत्कृष्ट पुरस्कारबाट सम्मान गरेको थियो ।
सम्मानले सुर्खेत उपत्यकाबासी जनतालाई सर्वसुलव रुपमा खानेपानी सेवा प्रवाह गर्न थप हौसला बढाएको उनले बताए । नगर विकास कोषको आशिंक लागत असुली र जनसहभागीतामा आधारित देशैभरीका ७० वटा खानेपानी आयोजना मध्ये सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था उत्कृष्ट रुपमा रहेको छ ।

प्रकाशित मितिः २६ फाल्गुन २०७५, आईतवार १७:०५

Leave a Reply

Your email address will not be published. Required fields are marked *