सुर्खेत, २३ चैत्र ।
कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताल सुर्खेतलाई तीन सय शैयाको अस्पतालको रुपमा स्तरोन्नति गर्ने निर्णय गरेको छ ।
शनिवार बसेको मन्त्रीपरिषद बैठकले अहिले संचालनमा रहेको ५० शैयाको अस्प्तालाई शिक्षण अभ्याससहितको तीन सय शैयाको अस्पतालको रुपमा स्तरोन्नति गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले जानकारी दिए ।
कर्णाली प्रदेश सरकारले हावाहुरी प्रभावितहरुका लागि राहत स्वरुप मुख्यमन्त्री राहत कोषमा जम्मा हुने गरि कर्णाली प्रदेश सरकारको तर्फवाट एक करोड उपलब्ध गराउने निर्णय पनि गरेको उनले बताए ।