वावियौचारमा एक महिनाभित्रै इलाका प्रशासन कार्यालय स्थापना हुने

सुर्खेत, ४ जेठ
पश्चिम सुर्खेतको वावियौचारमा एक महिनाभित्रै imagesस्थापना हुने भएको छ ।
पश्चिम क्षेत्रका ११ वटा गाउँ विकास समितिका वासिन्दालाई नागरिकता लगायतका सरकारी सेवा दिने उदेश्यले इलाका प्रशासन कार्यालय स्थापना गर्न लागिएको हो ।अहिले आवश्यक तयारी भैइरहेकोले यही जेठ महिनाभित्रै कार्यालय स्थापना हुने जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत हितप्रसाद पौडेलले वताउनु भयो । इलाका प्रशासन कार्यालय स्थापना भएपछि त्यसक्षेत्रका ११ गाविस गाविसका वासिन्दाले नागरिकता वनाउन अव वीरेन्द्रनगर आउनु नपर्ने उहाँले जानकारी दिनुभयो ।
वावियाचौरमा सुर्खेतमै पहिलो पटक इलाका प्रशासन कार्यालय स्थापना गर्न लागिएको भन्दै प्रशासकिय अधिकृत पौडेलले जनताले घरदैलोवाटै सरकारी सेवा पाउने दावी गर्नुभयो ।इलाका प्रशासन कार्यालय स्थापनापछि आफुहरु नागरिकता लगायतका सेवा सुविधाको लागि जिल्ला प्रशासन कार्यालय जानुपर्ने वाध्यतावाट मुक्त भएको स्थानीयले वताएका छन । उनीहरुले दरवन्दी अनुसारका कर्मचारी राखेर प्रशासन कार्यालयवाट पाउने सरकारी सेवा सुविधा दिनु पर्नेमा समेत जोड दिएका छन ।

प्रकाशित मितिः ४ जेष्ठ २०७३, मंगलवार ११:४६

Leave a Reply

Your email address will not be published. Required fields are marked *