तस्वीरमा डा. केसीको अगुवाईमा भैइरहेको बीरेन्द्रनगरको सरसफाई

सुर्खेत, ७ बैसाख ।
प्रदेश अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डाक्टर नवराज केसीको अगुवाईमा भैइरहेको बीरेन्द्रनगर बजार सरसफाईका शनिवार चालीस हप्ता पुगेको छ । उक्त अभियान अन्तर्गत शनिवार बीरेन्द्रनगरको पिपलचौतारीदेखि पुरानो अस्पतालको चोकसम्म सरसफाई गरिएको छ । सरसफाईमा उत्तर पश्चिम पृतना अन्र्तगत बिनायक दल गण, विंग्श फाउण्डेसन, बीरेन्द्रनगर नगरपालिका वडा न ६, अर्वुद रोग निवारण संस्था, नेपाल बालपोलि क्लिनिक, सुर्खेत उद्योग बाणिज्य संघलगायतले साथ दिएका थिए ।

प्रकाशित मितिः ७ बैशाख २०७६, शनिबार १९:३६

Leave a Reply

Your email address will not be published. Required fields are marked *