बराहतालको तरंगामा निशुल्क स्वास्थ्य शिविर हुदै

सुर्खेत, १ जेठ ।
सुर्खेतको बराहताल गाउँपालिकाको तरंगामा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । बराहताल गाउँपालिकाको आयोजनामा यही जेठ ४ गते तरंगा स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य शिविर हुने भएको हो । शिविरमा बाल रोग, स्त्रीरोग तथा महिलाहरुको पाठेघरको क्यान्सरको परिक्षण गरिने शिविर आयोजनाले बताएका छन् ।
३० वर्षभन्दा माथीका महिलाहरुले जीवनमा कम्तिमा पनि एक पटक भन्दा बढी अनिवार्य रुपमा पाठेघरको मुखको क्यान्सर जाँच गराउनु पर्छ । त्यसैले तरंगामा हुने निशुल्क शिविरमा करिव २ सय महिलाहरुको चेकजाँच गरिने गाउँपालिकाले बताएको छ ।
शिविरमा प्रदेश अस्पतालका बरिष्ठ बालरोग विशेषज्ञ डा. नवराज केसी, बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. केशर ढकाल र मेडिकल अधिकृत यामप्रसाद शर्माले स्वास्थ्य परिक्षण गर्ने विविरको समन्वय गरेका विंग्श फाउण्डेसनका सचिव दीपक गौतम बताए । उनले भेरी किनारको वस्ती भएकोले गर्मी समयमा लाग्ने रोगहरुबाट जोगिन तरंगामा शिविर गर्न लागिएको उल्लेख गरे ।
निशिल्क स्वास्थ्य शिविरमा नेपाल अर्वुद्ध रोग निवारण संस्था सुर्खेत र विग्श फाउण्डेसन नेपालले प्राविधिक सहयोग गर्ने पनि बताए ।
शिविरमा साविकको तरंगा गाविसका करिव ८ सय भन्दा बढीले सेवा लिने वराहताल गाउँपालिकाका स्वास्थ्य इकाई प्रमुख महेन्द्र खत्रीले जानकारी दिए ।
बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले यसअधि पनि वाराहताल गाउँपालिकाका विभिन्न ठाउँमा ६ वटा भन्दा बढी निशुल्क स्वास्थ्य शिविर र बालबालिकालाई निशुल्क न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको बताए । उनले तरंगापछि वडा न ६ को व्युरेनी र वडा न १ को तेलपानीमा पनि निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने जानकारी दिए ।

प्रकाशित मितिः १ जेष्ठ २०७६, बुधबार १५:१०

Leave a Reply

Your email address will not be published. Required fields are marked *