विप्लवका कार्यकर्ताद्वारा आगजनी

सुर्खेत, १३ जेठ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले सुर्खेतमा बस र मोटरसाइकलमा आगजनी गरेका छ । गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्वरको बसलाई हतियारसहित आएका विप्लवका कार्यकर्ताले आइतबार राति गोचेखोलामा रोकेर आगजनी गरेका हुन ।
यस्तै छिन्चुदेखी डुङिखोला जाँदै गरेको भे८प १८९६ नम्बरको मोटरसाइकल बिप्लप माओवादीका कार्यकर्ताले जलाएका छन ।
प्रहरीका अनुसार बसका चालक, सहचालक र साहुलाई झारेर पेट्रोल खन्याएर ५/६ जनाको हतियारसहितको समूहले आगजनी गरेको हो । आगजनीबाट बस पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ ।
हतियारसहित आएका ५/६ जनाको समुहले मोटरसाइकलको ट्यान्किमा गोलि हानी आगजनी गरेको मोटरसाइकल चालक टिकाराम मिजारले बताए ।

प्रकाशित मितिः १३ जेष्ठ २०७६, सोमबार १६:३६

Leave a Reply

Your email address will not be published. Required fields are marked *