फरार आरापी १० वर्षपछि प्रक्राउ

सुर्खेत, ५ जेठ
कर्तव्य ज्यान मुद्दाका फरार आरोपी वीरेन्द्रनगर–८ सुर्खेतका ४९ वर्षिय युवराज भट्टराई १० वर्षपछि पक्राउ पर्नु भएको छ ।
२०६२ साल फाल्गुन ४ गते वीरेन्द्रनगर ८ ईत्रामका प्रवेश बुढालाई हत्या गरेर फरार रहेका भट्टराई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उहाँलाई प्रहरी कार्यालयबाट खटिएको हवल्दार नमराज गिरी र जवना विर्खबहादुर विकसहितको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका भट्टराईलाई जिल्ला अदालत सुर्खेतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
यस्तै जिल्ला अदालत सुर्खेतबाट कर्तव्य ज्यान मुद्दामा २० बर्ष कैद सजाय तोकिएका काफलकोट—४ का वीरबहादुर रावल पनि पक्राउ पर्नु भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरको सहयोगमा रावललाई पक्राउ गरिएको सुर्खेत प्रहरीले जनाएको छ । रावललाई कारागार चलान गरिएको पनि प्रहरीले बताएको छ images
यसैवीच लागु औषध गाजा र व्राउन सुगरसहित सुर्खेतमा २ जना जनालाई पक्राउ परेका छन । ४ ग्राम ८ सय मिलिग्राम ब्राउनसुगर र २ ग्राम ९ सय मिलिग्राम गाजासहित माजकोट–६ जाजरकोटका जनकबहादुर शाही र वीरेन्द्रनगर–४ का रामकुमार शर्मालाई प्रक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले सुर्खेत अदालतबाट ४ दिनको म्याद थप गरेर उनीहरुमाथी थप अनुसन्धान अघि वढाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी बहादुरजंग मल्लले बताउनुु भयो ।

प्रकाशित मितिः ५ जेष्ठ २०७३, बुधबार १२:४७

Leave a Reply

Your email address will not be published. Required fields are marked *