सुर्खेत, २२ जेठ ।
बीरेन्द्रनगरमा यही जेठ ३१ गते सुर्खेत अस्पतालमा हड्डीको निशुल्क परिक्षण हुने भएको छ । सुर्खेत अस्पताल र टोरेन्ट फर्मास्युटिकलसको संयुक्त आयोजनामा सुर्खेत अस्पतालमै निशुल्क परिक्षण हुनेछ ।
प्रदेश अस्पताल सुर्खेतमा कार्यरत बरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रुपक कंडेलले मानव शरिरको हड्डीको अवस्था परिक्षण गर्ने अस्पतालले जनाएको छ । उक्त परिक्षण आएर आफ्नो हड्डी चेकजाँच गर्न पनि अस्पतालले सवैमा आग्रह गरेको छ ।