सरकार जिम्मेवार हुनुपर्छ -देवकोटा

सुर्खेत, २६ जेठ ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष कुलमणी देवकोटाले खानेपानी आयोजनाको दिगोपना र निरन्तर संचालनको लागि पनि समितिले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।
शनिवार पश्चिम सुर्खेतको भएको बड्डीचौर खानेपानी तथा उपभोक्ता सरसफाई समितिको ९ औ बार्षिक साधारण सभामा उनले खानेपानी आयोजनालाई निरन्तर संचालन गर्ने र दिगो राख्ने योजना नभएकै कारण सुर्खेतका अधिकाश आयोजना राम्रोसँग संचालन हुन नसकेको उल्लेख गरे ।


सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष समेत रहेका देवकोटाले संविधानमा उल्लेख भएका अधिकारहरु कार्यान्वयन गर्न तीन वटै सरकारले आलटाल गरेको बताए ।
जनताको खानेपानीको अधिकारलाई कार्यान्वयन गर्न सरकार जिम्मेवार हुनुपर्नेमा पनि उनले जोड दिए । सभाले पानीको महशुल बढाउने, विद्यान शंसोधन गर्ने निर्णय गरेको समितिका अधयक्ष अर्जुन बुचामगरले बताए ।
उनले न्युनतम १० युनिट चलाए बाफत ६० रुपैया लिदै आएकोमा अव बढाएर ८० रुपैया बनाएको जानकारी दिए ।


सभाले विद्यान संशोधन गर्ने गर्ने अख्तियारी अध्यक्ष अर्जन बुचामगर, सचिव पदम घर्ती र सदय हेमु नेपालीलाई दिएको छ ।
सभामा समितिका कोषाध्यक्ष बलबहादुर गौतमले आर्थिक बर्ष २०७४ ७५ को एक करोड ३५ लाख २१ हजार रुपैयाको आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वडा न ६ का वडाध्यक्ष तिलक मर्सांङ्गी, नेकपाका नेता ताराकेशर गौतम, कृषि क्याम्पसका अध्यक्ष नन्दराम अधिकारीलगायतले आफ्नो भनाई राखेका थिए ।

प्रकाशित मितिः २६ जेष्ठ २०७६, आईतवार ११:०२

Leave a Reply

Your email address will not be published. Required fields are marked *