दोषीमाथी कारवाही हुन्छ – सदस्य विश्वकर्मा

indexसुर्खेत, ५ जेठ ।
वेपत्ता परिएका व्यक्तिको छानविन आयोगका सदस्य बिजुलकुमार विश्वकर्माले द्धन्द्धको वेला निदोष नागरिकको हत्या गर्ने र वेपत्ता पार्ने कार्यमा संलग्न जो कोहीलाई पनि कानुनको दायरामा ल्याएरै छाडने दृढता व्यक्त गर्नु भएको छ ।
वीरेन्द्रनगरमा वेपत्ता पारिएका आफन्तसगँको छलफल कार्यक्रममा उहाँले गैरन्यायिक हत्या र वलजफ्ती वेपत्ता पर्नेलाई कारवाही हुने कुरामा विश्वस्त हुन पीडितलाई आग्रह गर्नुभयो । आयोगले आफनो जिम्मेवारी निर्भिकतापूर्वक वहन गर्ने उल्लेख गदै उहाँले पीडितहरुले चाहे अनुसारकै न्याय पाउने विश्वास समेत व्यक्त गर्नुभयो ।द्धन्द्धको वेला नेपालमा १ हजार ५ सय ३० जना नागरिक वेपत्ता पारिएकोमा अहिलेसम्म आयोगमा १ हजार २ सय जति उजुरी परी सकेको उहाँले वताउनु भयो । वेपत्ता पारिएका व्यक्तिको चाहान उचित राहात र न्याय नै रहेको आयोगले पाएको सदस्य विश्वकर्माले उल्लेख गर्नुभयो ।
कार्यक्रममा स्थानीय शान्ति समितिका संयोजक मोहन थापाले सुर्खेतमा ३५ जना वेपत्ताको उजुरी परेकोमा अहिलेसम्म १३ जनाले मात्रै राहात भएको वताउनु भयो । समितिले राहातको लागि सिफासिर गरेपनि अझै धेरै वेपत्ताका आफन्तले राहात पाउन नसकेको जानकारी पनि दिनुभयो ।
कार्यक्रममा सहभागी वेपत्ताका आफन्तले आफुहरुले अहिलेसम्म राहात नभएकोको, न्याय पाउने कुरामा विश्वस्त हुन नसकेको जस्ता गुनासा गरेका छन ।उनीहरुले आफना आफन्तलाई विना कारण वेपत्ता पार्ने कार्यमा संलग्न जो कोहीलाई पनि कारवाही गर्नुपर्ने र आफन्तको वास्तविक अवस्था थाहा दिनुपर्ने माग समेत गरेको बताएको छ ।

प्रकाशित मितिः ५ जेष्ठ २०७३, बुधबार १२:५२

Leave a Reply

Your email address will not be published. Required fields are marked *