एसओएसद्वारा बालबालिकाको निशुल्क उपचार

सुर्खेत, ६ असार ।
एसओएस बालग्राम सुर्खेतले एसओएस बालग्रामका संस्थापक प्रा.डा.हर्मन माइनरको १०० औं जन्म जयन्ती र एसओएस बालग्राम अन्तराष्ट्रियको ७० औं स्थापना दिवसको अवसरमा विद्यार्थीलाई निशुल्क स्वास्थ्य चेकजाँच गरेको छ ।


एसओएस सामाजिक केन्द्र सुर्खेतले आयोजना गरेको कार्यक्रममा बराहताल गाउँपालिका ५ करियापानीमा रहेको मानेश्वर आधारभूत विद्यालयका एक सय ३० जना विद्यार्थीको शुक्रवार विद्यालयमै स्वास्थ्य परिक्षण गरिएको हो ।


प्रदेश अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ डा. नवराज केसीले बालबालिको स्वास्थ्य चोकजाँच गरेका थिए ।


उनले अधिकाश बालबालिकाका स्वस्थ देखिएपनि कतिपयमा मौसमी ज्वरो, छाला चिलाउने, कान पाक्ने, कानको संक्रमण, कुपोषण जस्ता समस्या देखिएको बताए ।


चेकजाँच गरेका मध्ये करिव ३० प्रतिशतमा कुपोषण र ३ जना बालबालिकामा मुटुको समस्या देखिएको डा. केसीले उल्लेख गरे ।

मुटुको समस्या भएका बालबालिकालाई थप उपचारको लागि प्रदेश अस्पतालमा बोलाईको पनि उनले बताए ।


कार्यक्रममा एसओएस बालग्राम सुर्खेतका निर्देशक मुकुन्दकुमार गिरीले एसओएस बालग्रामका संस्थापक प्रा.डा.हर्मन माइनरको १०० औं जन्म जयन्ती र एसओएस बालग्राम अन्तराष्ट्रियको ७० औं स्थापना दिवसको अवसरमा विद्यार्थीको निशुल्क स्वास्थ्य चेकजाँच गरिएको बताए ।

प्रकाशित मितिः ६ असार २०७६, शुक्रबार १७:१३

Leave a Reply

Your email address will not be published. Required fields are marked *