भैरम सामुदायिक वनमा पाँच सय विरुवा रोपियो

सुर्खेत, १४ असार ।
सुर्खेतको बीरेन्द्रनगर नगरपालिका -४, भैरवस्थानमा रहेको भैरम सामुदायिक बनमा बृक्षारोपन गरिएको छ । भैरम सामुदायिक वन उपभोक्ता समितिको पहल र विंग्श फाउण्डेसनको अगुवाईमा शनिवार विहान सामुदायिक वन क्षेत्रभित्र ५ सय बढी तेजपताका विरुवा रोपिएको छ ।


बृक्षारोपनमा नेपाल प्रहरी, सामुदायिक वनका उपभोक्ता, विग्श फाउण्डेसन, जीवन विज्ञान, विभिन्न विद्यालयका विद्यार्थी र शिक्षकहरुको सहभागीता रहेको थियो ।


बृक्षारोपनमा वडा नं ४ का वडाध्यक्ष निलकण्ठ खनाल, विग्श फाउण्डेसनका अध्यक्ष तथा प्रदेश अस्पतालका बालरोग विशेषज्ञ डा. नवराज केसी, सामुदायिक वनका अध्यक्ष अमर कार्की, बरिष्ठ कलाकार प्रेमदेव गिरी,लगायत विभिन्न संचारकर्मीको पनि सहभागीता रहेको थियो ।


विग्ंश फाउण्डेसनका अध्यक्ष तथा ग्रीन सुर्खेत, क्लिन सुर्खेतका सुत्रधार डा. केसीको विशेष अग्रसरतामा भैरम सामुदायिक वनमा शनिवार बृक्षारोपन गर्ने कार्यक्रम तय गरिएको थियो ।

प्रकाशित मितिः १४ असार २०७६, शनिबार १४:२२

Leave a Reply

Your email address will not be published. Required fields are marked *