प्रमुखको कार्यशैली विरुद्ध कर्मचारी आन्दोलित

सुर्खेत, १० भदौं ।
कार्यालय प्रमुखको कार्य शैलीप्रति असन्तुष्टी जनाउँदै सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका कर्मचारीहरु आन्दोलनमा उर्तिएका छन् ।
कार्यालय प्रमुख डम्वर गौतमले आफुहरुको हकहित विपरीत काम गरेको आरोप लगाउँदै उनीहरुले चरणवद्ध आन्दोलन समेत घोषणा गरेका छन् ।
मंगलबार पत्रकार सम्मेलनमार्फत उनीहरुले कार्यालय प्रमुखले पदिय मर्यादा विपरीत संस्थामा कार्यरत कर्मचारीको अहित हुने काम गरेकोले आन्दोलनमा उर्तिन बाध्य भएको बताए ।


संस्थामा कार्यरत दैनिक ज्यालादारीलाई करारमा राख्ने, करारलाई स्थायी बनाउने र एक पटक पनि वढुवा नभएका स्थायी कर्मचारीलाई बढुवा गर्ने संस्थाको निर्णय कार्यान्वन गर्न कार्यालय प्रमुखले अवरोध सृजना गदै आएको उनीहरुको गुनासो छ ।
कर्मचारीको प्रगति देख्न नचाहने कार्यालय प्रमुख गौतमलाई असहयोग गर्ने, समन्वय र सहकार्य नगर्ने निर्णय कर्मचारीले गरेको श्रमिक ट्रेड युनियनका अध्यक्ष गणेशमान खनालले बताए ।
कर्मचारीको उचित व्यवस्थापन नभएसम्म भदौ १२ गतेसम्म कार्यकक्ष बाहिरै बसेर काम गर्ने निर्णय गरेका छौ उनले भने, १३ गतेदेखि खानेपानी वितरण वाहेकका दैनिक मर्मत संभार, धारा जडानजस्ता काम ठप्प पाछौ ।
भदौ १८ गतेदेखि महशुल नवुझ्ने र भदौ २१ गतेसम्म पनि समस्या समाधान नभए आन्दोलनलाई थप शसक्त पर्ने निर्णय श्रमिक ट्रेड युनियनले गरेको समेत अध्यक्ष खनालले बताए ।
दैनिक ज्यालादारी, करार र स्थायी गरी अहिले संस्थामा ६२ जना कर्मचारी कार्यरत रहेको संस्थाका इन्जिनियर बालाराम तिवारीले बताए ।  कार्यालय प्रमुख बाहेक ६१ ज्ना कर्मचारी आन्दोलनमा उर्तिएको दावी समेत उनले गरे छन् ।
सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका कर्मचारीहरुले आफुहरुको समस्या सामाधान गर्न कर्णाली प्रदेश सरकारसहित सवै सरोकारवाला पक्षसँग आग्रह पनि गरेका छन् ।

यता कार्यालय प्रमुख डम्वर गौतलमे आफुसंग कुनै पनि माग नराखी कर्मचारीले सुनियोजित ढंगले आन्दोलन गरेको आरोप लगाए । आफु पनि अन्यायमा परेको भन्दै उनले अधिकृति स्तरबाट पाँचौ तहमा घटुवा हुँदा कोही पनि कर्मचारी नवोलेको गुनासो गरे ।

प्रकाशित मितिः १० भाद्र २०७६, मंगलवार १६:४१

Leave a Reply

Your email address will not be published. Required fields are marked *