प्रदेश अस्पतालमा गुणस्तरीय शिशु सेवा संचालन

सुर्खेत, २७ भदौ ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा गुणस्तरीय नवजात शिशु सेवा सुरुवात भएको छ ।  नवजात शिशुको मत्युदरमा कमी ल्याउन ल्याउन यो कार्यक्रम सुरु गरिएको अस्पतालले जनाएको छ ।
नवजात शिशुको मुटुको धड्कन जाँच गर्न नियोबिट, भ्रुणको मुटुका धड्कन जाँचका लागि मोयो, तथा जन्मदा सास फेर्न नसकेका शिशुलाई कृत्रिम स्वासप्रस्वास गराउन व्याग मास्क जस्ता अत्याधुनिक उपकरण प्रयोग गरिने छ ।
जसले नवजात शिशुलाई मृत्यु हुनबाट जोगाउन सहयोग गर्ने अस्पतालका बालरोग विशेषज्ञ डा. नवराज केसीले बताए । गएको साउन महिना अस्पतालमा ६ सय जन्मिएका बच्चा जन्मिएका थिए । ति मध्ये १५ जनाको मुत्यु भएको थियो ।
१० जनाको गर्भमै र ५ जनाको जन्मिसकेपछि उपचारको क्रममा मृत्यु भएको थियो, डा. केसीले भने प्रसुतिको लागि आमा अस्पताल आइसकेपछि गर्भमा रहेको बच्चाको अवस्थाबारे छिनछिनमा अवस्था बुझ्न सकिने भएपछि अव समस्या दोहरिने छैन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्वर खड्काले अत्याधुनिक प्रविधिको प्रयोगले अस्पतालमा हुने नवजात शिशुको मृत्युलाई शुन्यमा झार्न सहयोग पुग्ने बताए । उनले यो कार्यक्रमबाट प्रसव समयको जटिलताको व्यवस्थापन, समय नपुगी शिशु जन्मिने, जन्मदा निस्सासिने तथा संक्रमणलाई रोक्न महत्वपूर्ण सहयोग पुग्ने पनि  बताए ।

यस्तै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्याम कँडेलले प्रदेश अस्पतालको स्तरोन्तिसँगै सेवा सुविधा र उपकरण थपेर जनताको भरोसायोग्य अस्पताल बनाउन आफुहरु लागि परेको बताए ।
कार्यक्रम संचालन गर्न सहयोग गरेको गोल्डेन कम्युनिटीका संचार विज्ञ सृजना शर्माले धेरै बच्चाहरु जन्मिने देशका आठवटा सरकारी अस्पतालमा यो कार्यक्रम लागु गरिएको बताइन् ।
प्रदेश अस्पताल सुर्खेतसहित कोशी अञ्चल अस्पताल, जनकपुर अञ्चल अस्पताल, भरतपुर अस्पताल, लुम्विनी प्रदेश अस्पताल, भेरी अञ्चल अस्पताल, सेती अञ्चल अस्पताल, र डडेलधुरा अस्पालमा यो कार्यक्रम संचालन गरिएको छ ।

प्रकाशित मितिः २७ भाद्र २०७६, शुक्रबार ०५:३८

Leave a Reply

Your email address will not be published. Required fields are marked *