बीरेन्द्रनगरमा मेगा हेल्थ क्याप हुदै

असोज ७ , सुर्खेत ।
सुर्खेत वीरेन्द्रनगरमा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । मधुमेह, थाइराइड तथा हर्मेन जस्ता रोग बारे जन चेतना फैलाउने उद्देश्यले शिविर गर्न लागिएको हो ।
अल लायन्स क्लव एरिया नम्वर ६, सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा यहीं असोज १० र ११ गते सुर्खेत उद्योग वाणिज्य संघको प्राङगणमा शिविर हुने बताएको छ ।
शिविर आयोजना समितिका संयोजक भद्र भण्डारीले विशेषतः मधुमेह, थाइराइड तथा हर्मोन रोग शहरमुखि रहेको पाइएकाले शहरीया व्यस्त जीवन विताउनेहरुका लागि शिविर गर्न लागिएको बताए ।


सुर्खेतका सवै लायन्स क्लव, सुर्खेत उद्योग वाणिज्य संघ, अल्का अस्पताल प्रालि, नेपाल मेडिकल एशोसिएशन सुर्खेत, शुभकामना पोलिक्लिनिक सुर्खेत र काठमाडौं डाइविटिज एण्ड थाइराइड सेन्टर प्रालिले संयुक्त रुपमा शिविर गर्न लागेका हुन ।
शिविर सह–संयोजक युवराज पौडेलले मधुमेह, थाइराइड तथा हर्मोन सम्बन्धी समस्या भएका विरामीले मात्र सहभागी हुन आग्रह गरे ।
उनका अनुसार विरामीलाई १० दिनसम्मको औषधी तथा रगत सुगर निःशुल्क परीक्षण गरिने छ ।
शिविर संचालन गर्न विनोद श्रीवास्तव, शारदा शेर्पा, भीमप्रसाद पौडेल, राजु पाण्डे, बालकृष्ण श्रेष्ठ, भरत देवकोटा, सीता शर्मा तथा विनुसि भाष्करको संयोजकत्वमा उपसमितिहरु समेत गठन गरिएको पनि उप संयोगक पौडेलले बताए ।

प्रकाशित मितिः ७ आश्विन २०७६, मंगलवार ०७:२६

Leave a Reply

Your email address will not be published. Required fields are marked *