अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु, ३२ वटा कार्यपत्र प्रस्तुत हुने

images  अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन काठमाडौंमा सुरु भएको छ । गौतम बुद्धको जन्मस्थल र बौद्ध दर्शनको सुरुवात दुवै नेपालबाट भएको सन्देश अन्तर्राष्ट्रिय समुदायलाई दिने उद्धेश्य सहित सरकारले दुई दिने सम्मेलनको आयोजना गरेको हो ।

राजधानीस्थित सोल्टी होटलमा एक बिशेष समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्नुभयो ।सम्मेलनमा अहिले बिभिन्न मुलुकका प्रतिनिधिहरुले शुभकामना मन्तब्य राख्ने क्रम जारी छ ।

सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका करीब ४ सय जनाको सहभागीता रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिनुभयो । भोलीसम्म चल्ने सम्मेलनमा बौद्ध दर्शन सम्बन्धी बिभिन्न ३२ वटा कार्यपत्र प्रस्तुत हुनेछन् ।

सम्मेलनमा भाग लिन २८ राष्ट्रबाट प्रतिनिधी भेला भएका छन् । चिनियाँ राष्ट्रपति, भारतीय प्रधानमन्त्री, राष्ट्रसंघका महासचिव लगायतको समेत सहभागीता हुने चर्चा भएपनि अन्तिम समयमा उहाँहरुले आफ्ना प्रतिनिधिहरु सम्मेलनमा पठाउनु भयो ।
अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले बौद्ध दर्शनको वृहत्तर प्रचार र धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने सरकारको विश्वास छ ।

सम्मेलन समापन भएपछि पर्सि शनिवार २५ सय ६० औँ बुद्ध जयन्ती राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा गौतम बुद्धको जन्मस्थल लुम्बिनिमा मनाउने तयारी सरकारको छ ।

प्रकाशित मितिः ६ जेष्ठ २०७३, बिहीबार ०५:४८

Leave a Reply

Your email address will not be published. Required fields are marked *