कडा आन्दोलन गर्ने

     indexसुर्खेत १४, असार ।
काँक्रेविहार ऐतिहासिक तथा पुरातात्विक संरक्षण समिति सुर्खेतले संरक्षित वन काँक्रेविहार भित्र कुनै पनि धार्मिक संरचना नवनाउन माग गरेको छ ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला वन कार्यालय सुर्खेतका ज्ञापन पत्र वुझाउदै समितिले काँक्रेविहारभित्र बुद्धको मुर्ति, चैत्य, शिव मन्दिर, गरुद्धार, चर्चा, कवरस्थान जस्ता भौतिक संरचना निर्माणमा रोक लगाउन माग गरेको छ ।
विभिन्न धार्मिक समुदायले धार्मिक संरचना वनाउन लागेको भन्ने जानकारी प्राप्त भएको भन्दै समितिले त्यस्तो कार्यमा रोक लगाउन जोडदार माग गरेको छ ।
ऐतिहासिक स्थल काँक्रेविहार सवै जाति र धर्मको साझा थलो भएको उल्लेख गदै समितिले यसमा कुनै धर्म र जातिको निजित्व झल्कने खालका संरचना निर्माण गर्ने कायको स्वीकृति नदिन पनि समितिले जिल्ला प्रशासन र वन कार्यालयलाई आग्रह गरेको छ ।
काँक्रेविहारको भग्नावशेषलाई उत्खनन गरी शिखर शैलीको मन्दिर पुर्ननिर्माणको काम भैइरहेको स्मरण गराउदै संरक्षण समितिले कुनै धर्मको निजित्व झल्कने गरी संरचना वनाउने स्वीकृति दिए कडा आन्दोलन गर्ने चेतावनी पनि दिएको छ ।

प्रकाशित मितिः १४ असार २०७३, मंगलवार १३:३४

Leave a Reply

Your email address will not be published. Required fields are marked *