सुर्खेत, १४ पुष ।
होटेल व्यवसायी महासंघ नेपालका अध्यक्ष अमृत भुजेलले कर्णाली क्षेत्रको पर्यटन प्रर्वद्धन गर्नको लागि सक्दो सहयोग गर्ने बताउनु भएको छ ।
होटेल व्यवसायी संघ सुर्खेतको तेस्रो वार्षिक साधारण सभालाई सुर्खेतको वीरेन्द्रनगरमा सम्वोधन गदै उहाँले पर्यटकिय स्थलले भरीपूर्ण कर्णालीमा स्तरीय होटेल वनाउनु पर्नेमा बताउनु भयो ।
स्तरीय होटेल नभएकै कारण प्रदेश नम्वर ६ को पर्यटनको विकास हुन नसकेको उल्लेख गदै उहाँले स्तरीय होटेलमा लगानी गर्न होटेल व्यवसायीलाई आग्रह गर्नुभयो ।
पर्यटन प्रर्वद्धन गर्नको लागि स्तरीय होटेल निर्माणमा लगानी गर्न चाहाने व्यवसायीलाई राज्यले प्रोत्सहान गर्नुपर्ने उल्लेख गर्नुभयो ।
पेशागत हक अधिकारको लागि होटेल व्यवसायीहरु एकजुट हुनुपर्नेमा जोड दिदै उहाँले होटेल व्यवसायी महासंघ राजनीतिक हस्तक्षेपवाट टाटै राख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा होटेल व्यवसायी महासंघका बरिष्ठ सल्लाहकार भाष्करराज काफलेले स्तरीय होटेलहरु नभएको कर्णाली क्षेत्रमा स्तरीय होटेलहरु बनाउन होटेल व्यवसायी महासंघका सदस्यहरुले नै शेयर हाल्नु पर्ने बताउनु भयो ।
कार्यक्रमका अन्य वक्ताहरुले नेपालको पर्यटन गतिविधीलाई सहर केन्द्रीत नगरी गाउँ गाउँमा लैजानु पर्नेमा जोड दिएका छन ।
उनीहरुले काठमाडौ, पोखरा, चितवन, बर्दिया लगायतमा मात्र पर्यटन गतिविधी हुने भएकोले कर्णाली लगायतका ठाँउमा नयाँ पर्यटकिय गन्तव्यको विकास गर्न सुझाव दिएका छन ।
होटेल व्यवसायी संघ सुर्खेतका अध्यक्ष तर्कबहादुर शाहीको सभापतित्वमा भएको कार्यक्रममा होटेल व्यवसायी संघ दैलेख, कालिकोट, प्यूठान, बाँके, कोहलपुरका अध्यक्ष, होटेल व्यवसायी संघ सुर्खेतका पूर्व अध्यक्षहरु तेजबहादुर गुरुड, लोमनकुमार वुढा, प्रेमबहादुर थापा, सल्लाहकार निरन्जन केसी लगायतले आफनो भनाई राख्नु भएको छ ।