गिद्धेडाँडालाई रमणिय पर्यटकिय गन्तव्य वनाउदै गाउँले

सुर्खेत, १३ बैसाख ।
सुर्खेतको भेरीगंगा नगरपालिका – ५, माथिल्लो हात्तिखाल, बासीले गाउँकै शिरानमा सिद्धबावाको मन्दिर निर्माण गरेका छन ।


गाउँको शिरानमा रहेको गिद्धेडाँडालाई धार्मिक तथा पर्यटकिय स्थलको रुपमा विकास गर्ने उदेश्यले मन्दिर निर्माण गरेको मन्दिर निर्माण समिमितका अध्यक्ष धनबहादुर खड्का विकासले बताए ।
अत्यन्त्रै रमणिय स्थलको रुपमा रहेको यो ठाँउलाई गिद्धेपहिरा संरक्षण क्षेत्रको रुपमा विकास गरी आन्तरिक र बाह्य पर्यटक भित्याउने लक्ष्यका साथ मन्दिर निर्माण गरिएको उनले बताए ।


चार लाख ४० हजार रुपैया खर्च लागेको मन्दिरको निर्माणमा नगरपालिकाले दुई लाख, मध्यवर्ती सामुदायिक वनले ५० हजार र वाकी गाउँलेले श्रमदान गरेको पनि अध्यक्ष खड्काले जानकारी दिए ।
समद्री सहतबाट एक हजार ५ सय ३० मिटर उचाईमा पर्ने गिद्धेडाँडावाट ववई उपत्यका, बीरेन्द्रनगर उपत्यकासहित सुर्खेत, सल्यान, दाङ्ग, बाँके र बर्दियाका विभिन्न ठाउँ हेर्न सकिन्छ ।


मन्दिर निर्माण गरेपनि रकम अभावले गर्दा रंग लगाउने, तरवार गर्ने, सिद्धबावाको मूर्ति र घण्ट राख्र्ने, भक्तजनहरुले नुहाउने बालसिद्ध कुञ्ड निर्माण गर्ने जस्ता कामहरु वाकी नै रहेको समेत अध्यक्ष खड्काले बताए । यसलाई सुर्खेतकै उत्कृष्ट पर्यटकिय स्थलको रुपमा विकास गर्न गाउँलेहरु लागि परेको उनले बताए ।


गिद्धेडाँडा सुर्खेत–नेपालगंज सडक खण्ड अन्र्तगत छिन्चुको कालीदमारबाट १० किलोमिटर पूर्वमा पर्छ । चौवीसै घण्टा हावा चल्ने यो डाँडाबाट जंगली जनावारहरु पनि हेर्न सकिने वडा सदस्य गोरखबहादुर खड्काले बताए ।

बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको हुनाले बाँघ, भालु, घोरल, चितुवा, रतुवा लगायतका जंगली जनावारहरु हर्न सकिने पनि उनले बताए ।


गिद्धेडाँडा संरक्षण क्षेत्रको विकास गर्न झण्डै एक करोड रुपैयाको बजेटसहितको योजना बनाएर नगरपालिका मार्फत कर्णाली प्रदेश सरकारसँग माग गरिएको छ ।

प्रकाशित मितिः १३ बैशाख २०७५, बिहीबार ११:०१

Leave a Reply

Your email address will not be published. Required fields are marked *