सुर्खेतमा कर्णाली पर्यटन महोत्सव हुदै

सुर्खेत, १३ माघ ।
सुर्खेत चेम्वर अफ कर्मसले सुर्खेतमा कर्णाली महोत्सव गर्न लागेको जनाएको छ ।आइतवार बीरेन्द्रनगरमा पत्रकार सम्मेलनमार्फत कर्मसले आउने फागुन ३ गते देखि ११ गतेसम्म महोत्सव गर्न लागेको जनाएको हो ।
कर्मसका अध्यक्ष चिन्तामणी शर्माले कर्णाली प्रदेशको पर्यटन क्षेत्रको विकास गर्न र प्रदेश सरकारले सञ्चालन गरेको कर्णाली रारा पर्यटन वर्षलाई समेत प्रवद्र्धन गर्न महोत्सव गर्न लागेको बताए ।


महोत्सवमा कर्णाली प्रदेशका विभिन्न जिल्लामा उत्पादित वस्तुहरु, कला, संंस्कृतिलाई प्राथमिकता दिने उनले बताए । उनले महोत्सवबाट हुने आम्दानीले बीरेन्द्रनगर बजार क्षेत्रमा नगरपालिकाले उपलव्ध गराएको ठाउँमा सुविधासम्पन्न सार्वजनिक सौचालय गर्ने जानकारी पनि दिए ।
करिव २ लाख दर्शकले मेला अवलोकन गर्ने र १० करोड बराबरको कारोवार हुने अनुमान महोत्सव आयोजकले गरेका छन् ।

प्रकाशित मितिः PRODUCT_NAME::Invalid Year     १३ माघ २०७५, आईतवार १९:५७

Leave a Reply

Your email address will not be published. Required fields are marked *