मनकारी भानुभक्त, जसले इश्वरीय विश्वविद्यालयलाई दिए एक करोड

बीरेन्द्रनगर –७, सुर्खेतका भानुभक्त उपाध्यायले बह्मकुमारी इश्वरीय विश्वविद्यालयलाई एक करोड रुपैयाको सम्पति दिएका छन् ।

मनकारी भानुभक्त उपाध्याय र उनले इश्वरीय विश्वविद्यालयलाई दिएको घर ।

सुर्खेतकै प्रतिष्ठत समाजसेवी उनले आफ्नौ जग्गामा ८ कोठे घर बनाएर विश्वविद्यालयलाई हस्तान्तरण गरेका हुन ।
विश्व शान्ति र समाज सुधारको लागि आफुले परोपकारी संस्थालाई उक्त सम्पति सहयोग गरेको उनले बताए ।
उनले भने, ओम शान्तिबाट आत्म सन्तुष्टी मिल्यो । त्यही भएर सहयोग गरे ।


८४ बर्ष अघि स्थापना भएको इश्वरीय विश्वविद्यालयले समाजलाई कुलतबाट मुक्त गदै शान्ति र भातृत्व स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनको भनाई छ ।


१२ बर्षदेखि इश्वरीय विश्वविद्यालयमा आवद्ध उपाध्यायले हस्तान्तरण गरेको घरमा ज्ञान, योग, सेवा र धारणा विषयको अध्ययन हुनेछ ।


राजस्थानको माउण्ट मुख्य कार्यालय रहेको इश्वरीय विश्वविद्यालय संसारका १ सय ४२ वटा देशमा संचालन भैइरहेको छ ।
६ महिनामा घर निर्माण गरेर यही साउन १ गते विश्वविद्यालयलाई हस्तान्तरण गरिएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया