सुर्खेत विमानस्थल विस्तारको लागि ३० विगाह जग्गा अधिग्रहण गरिने

सुर्खेत विमानस्थल विस्तारको लागि सरकारले ३० विगाह जग्गा अधिग्रहण गर्न सरकारले स्वीकृति दिने निर्णय गरेको छ ।
शुक्रबार पत्रकार सम्मेलनमार्फत सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकार प्रवक्ता पार्वत गुरुङले गत कात्तिक २७ र मंसिर ३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गदै यस्तो जानकारी दिएका हुन ।
नेपाल सरकारले विमानस्थल बिस्तारको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति दिने निर्णय गरेको गरेको हो ।
अहिले १२०० सय मिटर रहेको विमानस्थलको धावन मार्ग विस्तारसँगै १५०० सय मिटर हुने बताएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया