२२ बर्षपछि प्रहरी आफ्नै भवनमा

बद्री पन्त
जाजरकोट
जाजरकोटको दुई ठाउँका इलाका प्रहरी कार्यालयको भवन निर्माण भएका छन् । भवन निर्माण भएपछि प्रहरीलाई दैनिक कार्य गर्न सहज भएको छ ।
भेरी नगरपालिका १, रिम्ना र शिवालय गाउँपालिकाको सिमामा २२ वर्षपछि भवन निर्माण भएको छ । २०५६ सालमा तत्कालीन माओवादीले ध्वस्त पारिदिएका प्रहरी कार्यालय स्थानीयको घर भाडामा लिएर बस्दै आएका थिए ।


नयाँ भवन बनेपछि प्रहरी आफ्रनै भवनमा सरेको जाजरकोटका प्रहरी प्रमुख किशोर श्रेष्ठले बताउनु भएको छ ।
प्रहरीले अहिले उक्त भवनबाटै कार्य सञ्चालन गर्न थालेको श्रेष्ठको भनाइ छ । युएनओपिएसको आर्थिक सहयोगमा डिएफआई नेपालले भवन निर्माण गरेको हो ।
इलाका प्रहरी कार्यालय रिम्नाको भवन ३ करोड ३५ लाख र सिमाको ३ करोड ३० लाखको लागतमा निर्माण भएको प्रहरी प्रमुख श्रेष्ठले बताउनु भयो ।
भवनको १५÷१५ कोठा भएको जिल्लाकै सुविधा युक्त प्रहरी कार्यालय भवन भएको श्रेष्ठले बताउनु भयो ।
जिल्लाको बारेकोट, नायकबाडा, चौखाँ, मैदै, सेपुखोला, टापुचौर, पैक, गर्खाकोटमा रहेका प्रहरी चौकी भाडाकै घर सन्चालित छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया