माया घर्ती
जाजरकोट
नलगाड नगरपालिका ४, भेरीखर्कका गोविन्द ओलीका प्रेम प्रकाश कक्षा ९, अस्मीता कक्षा ८ र रचना कक्षा ७ मा पढ्ने छोरा र दुई छोरी विद्यालय जान नपाउँदा घरकै कामकाज र खेल्नमै समय विताइ रहेका छन ।
सोही ठाउँका काली बस्नेत, विरता बस्नेत, विनोद रावल, कमल रवालको पनि समस्या उस्तै छ । वली, बस्नेत, रावल त केही प्रतीनिधी उदाहरणका पात्र मात्र हुन ।
उनीहरु जस्तै सयौं बालवालिका डेढ बर्षदेखि विद्यालय बन्द भएकाले पढाइ प्रभावित भएको छ । अन्य वैकल्पिक कक्षाहरू पनि सञ्चालन नभएकाले बालवालिकाहरू पढाइबाट वञ्चित भएको अभिभावक गोविन्द ओलीले बताउनु भयो ।
कोरोनाले लामो समय देखि विद्यालय बन्द छोराछोरीहरु घरमा पढ्नै मान्दैनन, उहाँको भनाइ छ । अन्य पढाइका विकल्प पनि नहुदा ठुलो समस्या भएको छ ।
छोराछोरीले पढेको कुरा पनि भुलिसकेंका छन, वलीले भन्नु भयो ।
घरमा भएका बालबालिकाहरूले शिक्षकबाट पढ्न नपाएको डेढ वर्ष पुगिसकेको छ, अर्का अभिभावक टिका बस्नेतले बताउनु भयो ।
सहर बजारमा अनलाइन कक्षाहरु सन्चालन छन तर गाउँघरमा अनलाइन भनेको के हो थाहै छैन ।
नलगाड नगरपालिका ३, का हेमन्त बुढा छोराछोरीहरूले पढ्नै भुलिसके, आफैं पढ्नै मान्दैनन्, ब्ढाले भन्नु भयो ।
विद्यालय बन्द छन । बस्तुभाउ चराउनामै बालबालिकाहरूको दैनिकी बितिरहेको छ, उहाँले भन्नु भयो । ग्रामीण भेगका विद्यार्थीहरू पढाइबाट वञ्चित भइरहेका उहाँको भनाइ छ ।
सहरबजारका बालबालिकाहरू अनलाइन कक्षाबाट अध्ययन गरिरहे पनि गाउँमा वैकल्पिक माध्यमहरू नहुनु दुखद भएको छ ।
भौतिक रूपमा पढाइ नहुन्जेलसम्म अन्य कुनै विकल्प नभएको बुढाको गुनासो छ ।
नलगाड नगरपालिकाका शिक्षा अधिकृत बलबीर विक त इन्टरनेट, टीभी, रेडियोको पहुँच पनि छैन कसरी विद्यार्थी पढाउने समस्या भएको बताउनु हुन्छ ।
कोरोनाले विद्यार्थीहरूको पढाइ डामाडोल भएको शिक्षा अधिकृत विकको भनाइ छ ।बालवालिका घाँसदाउरा काट्ने र खेल्नमै समय बिताउने गरेका छन ।
स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालयले पठनपाठन सन्चालन गरिनु पर्छ । कोरना भाइरसका कारण लामो समयसम्म भएको बन्दाबन्दी लकडाउनले गर्दा विद्यार्थीको पठनपाठन प्रभावित भएको हो ।
बालवालिकाले पढ्नै भुलिसके, आफैं पढ्नै मान्दैनन् । विद्यालय बन्द छन । बस्तुभाउ चराउनामै बालबालिकाहरूको दैनिकी बितिरहेको छ ।
शहरबजारका बालबालिकाहरू अनलाइन कक्षाबाट अध्ययन गरिरहे पनि दुर्गम गाउँमा वैकल्पिक माध्यमहरू नहुनु दुखद भएको छ ।
भौतिक रूपमा पढाइ नहुन्जेलसम्म बालवालिकाको पढाइ डामाडोल हुने देखिन्छ । सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विद्यालयको पठनपाठनमा जोड दिनु आबश्यक देखिन्छ ।
बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले कोरोना संक्रमित नभएको ठाउँमा स्वास्थ्यका मापदण्ड अपनाई पठनपाठन सुचारु गर्नुपर्ने बताउनु भयो । विद्यालय बन्द हुदा बालबालिकाहरूले पढाइ भुलिसकेका छन अध्यक्ष शाहले भन्नु भयो ।
राराखबर । २०७८, ३१ भाद्र बिहीबार