फराकिलो मतान्तरसहित जाजरकोट प्रदेश सभा क मा काँग्रेसका सिंह विजयी

सुर्खेत
फराकिलो मतान्तरसहित जाजरकोट प्रदेश सभा क बाट काँग्रेसका उम्मेदवार बेदराज सिंह विजयी भएका छन् ।
७०७३ मतको अन्तरसहित सत्ता गठबन्धनका उम्मेदवार उनले नेकपा एमालेका डम्वरबहादुर सिहलाई पराजित गरेका हुन । बेदराजले १८,५४३ र १२,४७० मत प्राप्त गरेका छन् । उक्त क्षेत्रमा ३६,९३७ मत खसेको थियो ।


विद्यार्थी जीवन देखि नै राजनीतिमा होमिएका सिह काँग्रेस जाजरकोटका पार्टी सभापति पनि हुन । २०७४ सालको निर्वाचनमा भने उनी माओवादी केन्द्रका गणेशप्रसाद सिंहसँग पराजित भएका थिए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया