बीरेन्द्रनगरमा टाउकोको सचेतना

सुर्खेत
‘विश्व मुख स्वास्थ्य दिवस’ को अवसरमा बीरेन्द्रनगरमा टाउकोको सचेतना सम्वन्धी कार्यक्रम गरिएको छ ।
कार्यक्रमा चिकित्सक, स्वास्थ्यकर्मी र ट्राफिक प्रहरीको सहभागीता रहेको थियो ।
प्रदेश अस्पताल न्युरो सर्जरी इकाई सुर्खेतले माया नर्सिङ होमको सहयोगमा कार्यक्रम आयोजना गरेको हो ।


सचेतना र्यालीका सहभागीले मादक पदार्थको सेवन गरि सवारी साधन नचलाऔ, हेल्मेट राम्ररी लगाऔ, टाउको बचाऔ जस्ता प्लेकार्ड सहित बजार परिक्रम गरेका थिए ।
कार्यक्रममा बरिष्ठ न्युरो सर्जन डा. निलमकुमार खड्काले हेड इन्जुरी बारेमा जनस्तरमा जानकारी हुन आवश्यक रहेको बताए ।
उनले भने, धेरैजसो हेड इन्जुरी सवारी साधन चलाउदा हुने भएकोले सचेत भएर सवारी साधन चलाउनु पर्छ ।

 




फेसबुकबाट तपाईको प्रतिक्रिया