सुर्खेत – जिल्लाको दैलेख नौमुले गाउँपालिका–६ स्थित शिव माध्यमिक विद्यालयमा चट्याङ पर्दा तीन जना विद्यार्थी घाइते भएको दैलेख प्रहरिले जनाएको छ।
घाइते हुनेमा सोही ठाउँका कक्षा ५ मा अध्ययनरत ११ वर्षीय विश्व विकास रावत, कक्षा ७ मा अध्ययनरत १२ वर्षीया लक्ष्मी गुरुङ र कक्षा ५ मा अध्ययनरत १० वर्षीय यामबहादुर चन्द रहेका छन ।
दैलेख प्रहरीका अनुसार विकास रावतको पेटमा हल्का जलेको अवस्था छ भने
लक्ष्मी गुरुङको शरीरका विभिन्न भागहरूमा जलेको देखिएको छ र यामबहादुर चन्दको शरीरको केही भागमा पनि हल्का जलेको अवस्था रहेको छ।
बुधबार दिउँसो ३ बजे विद्यार्थी पढिरहेको बेला उक्त विद्यालयको कक्षा ५ र ७ को भवनको बिच भागमा चट्याङ पर्दा सो विद्यार्थीहरू घाइते भएका हुन। घाइते विद्यार्थीहरूको नौमुले प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
राराखबर । २०८१, २९ बैशाख शनिबार