नेपाल तरुण दल नलगाडको अध्यक्षमा सुजल रावल निर्वाचित

जाजरकोट

नेपाल तरुण दल नलगाडको अध्यक्षमा सुजल रावल चयन भएका छन् ।

शनिवार  नलगाडको दल्लीमा भएको तरुण दलको अधिवेसनबाट रावल सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन ।

सानैदेखि समाजिक काममा सक्रिय रहदै आएका उनी नलगाड नगरपालिका -४, लहँबासी हुन् । उनको वुवा गणेशबहादुर रावल २०४९ सालमा लहँका वडाध्यक्ष हुन ।

सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित रावलले नलगाडको दरुण दललाई नयाँ सोच र भिजनसहित अघि बढाउने बताए ।

उनले भने, युवा साथीभाईहरुले दिनु भएको नयाँ जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेछु ।

उनले नलगाडका युवाहरुको हक अधिकार र हितको लागि सधैँ लागि पर्ने उल्लेख गर्दै काँग्रेसको जनाधारलाई पुर्नजीवन दिन सधैँ प्रयत्नसिल रहने प्रतिवद्धता जनाएका छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया