प्रदेश अस्पताल सुर्खेतमा क्याथल्याब सेवा कर्णालीबासीको लागि वरदान

प्रदेश सरकारले चासो नदिदा अझै पूर्ण रुपमा संचालनमा ल्याउन सकिएन

सुर्खेत

बरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुले प्रदेश अस्पतालको क्याथ ल्याव सेवालाई नियमित प्रयोगमा ल्याउन सके कर्णालीबासीको लागि बरदान हुने बताए ।

हृदयघात भएका विरामीलाई एक घण्टाभित्र एन्जिओग्राम गर्न सके निको पार्न सकिन्छ, उनले भने, कर्णालीका जुनसुकै विकट ठाउँबाट हेलिकप्टरमा हृदयघात भएका मानिसलाई एकघण्टाभित्रै प्रदेश अस्पताल पुर्याउन सकिन्छ ।  तर अरु ठाउँमा पुर्याउन सकिदैन् । त्यसैले प्रदेश अस्पतालको क्याथल्याब कर्णालीका विरामीको लागि वरदान हो ।

तर प्रदेश अस्पतालमा क्याथल्याब सेवाको लागि आवस्यक उपकरण जडान गरिएपनि दक्ष जनशक्ति नहुँदा सेवालाई नियमित र प्रभावकारी बनाउन कठिनाई भैइरहेको उनको भनाई छ ।

क्याथल्याब स्थापनापछि दोस्रो पटक सेवा दिन प्रदेश अस्पताल सुर्खेत आएका कोजुले क्याथल्याब सेवालाई नियमित गर्न तालिम प्राप्त कम्तिमा पनि ६ जना जनशक्ति चाहिने बताए ।

सामान्यया तालिम प्राप्त दुई जना मुटुरोग विशेषज्ञ, तीन जना नर्सिङ स्टाप र एक जना टेक्निसियन  चाहिन्छ, उनले भने, यो जनशक्ति प्रदेश सरकारले व्यवस्था गरे कर्णालीका मुटुरोगीलाई बाहिर जानु पर्दैन ठुलो राहात हुन्छ ।

प्रदेश अस्पताल सुर्खेतमा क्याथल्याब स्थापना गर्न अस्पतालका पूर्व निर्देशक डाक्टर डम्बर खड्काले  एकदमै अहंम र  महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

तर उनको पालमा स्थापना भएको यो सेवा आवश्यक जनशक्ति व्यवस्थापनामा प्रदेश सरकारले  खासै चासो नदिदा अझै पूर्ण रुपमा संचालनमा ल्याउन सकिएको छैन ।

पूर्व निर्देशक खड्काले कर्णालीबासीको घरआगँनमै भएको सेवालाई नियमित रुपमा संचालन गर्न सवैको उत्तिकै चासो र चिन्ता हुनु पर्नेमा जोड दिए ।

धुलिखेलबाट सेवा दिन प्रदेश अस्पतालमा आएको डाक्टर कोजुको टिमले दुई दिनमा पाँच जना मुटुरोगीको इन्जिओग्राम गरेको जनाएको छ ।

पाँच जना मध्य एकजनाको झन्डै ८० प्रतिशत मुटुको रक्तनली साँघुरिए बन्द हुने अवस्थामा रहेको पाइएकोले उनलाई तत्कालै धुलिखेल अस्पताल बोलाएको छ ।

अहिले प्रदेश अस्पतालमा एकजना मुटुरोग विशेषज्ञ  भएपनि उनलाई सहयोग गर्ने अरु जनशक्ति नहुँदा एन्जिओग्राम गर्नको लागि मुटुरोगीहरु बाहिर जान बाध्य छन् ।

तर आवस्यक जनशक्ति नहुँदा अहिले प्रदेश अस्पतालले धुलिखेल अस्पतालसँग सहकार्य गरेर मुटुरोगका विरामीलाई एन्जिओग्रामको सेवा दिदै आइरहेको छ ।

डाक्टर कोजुको टिमले अब तिहार पछि फेरी प्रदेश अस्पतालमा आएर इन्जिओग्रामको सेवा दिने जनाएको छ ।

मुटुको रक्तनली साँघुरिएर बन्द भए मानिसलाई हृदयघात हुने भएकोले नियमित रुपमा मुटुको चेकजाँच गर्न र खानपिनमा विशेषा ध्यान दिन मुटुको कथा किताव समेत लेखेका डाक्टर कोजुले सुझाव दिएका छन् ।

डाक्टर कोजुले आफु र आफ्नो टिम रहरले नभई दुर्गमबासीलाई पनि सेवा दिउ भनेर आएको बताए ।

प्रदेश अस्पतालमा डाक्टर कोजुसहित डाक्टर निशान भट्टराई, स्नेहा पोटे र निलिमा कोजुले सेवा दिएका थिए ।

मुटु रोगको उपचार र निदानमा नेपालले पछिल्लो समय उल्लेखय फड्को मारेपनि अझै यो सेवालाई गाउँगाउँसम्म पुर्याउन जरुरी रहेको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया