आश्रमको भवन बनाउन पूर्व निर्देशक डा. खड्काले दिए साढे ६ लाख


सुर्खेत
प्रदेश अस्पताल सुर्खेतका पूर्व निर्देशक तथा बरिष्ठ चिकित्सक प्राध्यापक डाक्टर डम्वर खड्काले मानव सेवा आश्रमको भवनको एक कोठा निर्माणका लागि ६ लाख ५५ हजार ५५५ रुपैया सहयोग गर्नु भएको छ ।
बुधवार महायज्ञस्थलमै आएर उनले छोराहरु मिर र जितासन खड्कासहितको तर्फबाट भवनको एउटा कोठा निर्माणको लागि उक्त रकम प्रदान गरेकाे  महायज्ञ आयोजक मुल समितिका संयोजक डा. नवराज केसीले बताए ।
स्वास्थ्य सेवामार्फत झण्डै चार दशक कर्णालीबासीको सेवामा बिताएका डाक्टर खड्काले आश्रमको कर्णाली प्रदेश स्तरीय भवन निर्माणका साथै अन्य थुप्रै सामाजिक काममा सक्दो सहयाे गरिरहेका छन् ।
मानवसेवा आश्रमले सहयोगापेक्षी सडकआश्रित मानवहरूको मानवोचित व्यवस्थापन गर्ने उद्देश्यले  आयोजना गरेको महायज्ञमा आर्थिक सकलन हुने क्रम जारी रहेका मानव सेवा आश्रमका  केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए ।
मानवसेवा आश्रमले सुर्खेतमा कर्णाली प्रदेशस्तरीय भवन निर्माणका लागि मंसिर २१ शुक्रबारदेखि श्रीमद भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सञ्चालन गर्दै आएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया