कर्णाली उत्सवकाे पाचौं संस्करण सम्पन्न

सुर्खेत ।  कर्णाली उत्सव… कुडा कर्णालीकाको पाचौं संस्करण सम्पन्न भएको छ । शनिबारबाट सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा सुरु भएको उत्सव सोमबार सम्पन्न भएको हो ।

उत्सवको समापन गर्दै माओवादी केन्द्रका उपमहासचिव जर्नादन शर्माले कर्णाली उत्सवको पाचौं संस्करणसम्म आइपुग्दा यसले खेलेको भूमिका, महत्वपूर्ण विषयमा भइरहेको बहसले सबैलाई जागरुप र सचेत बनाएकाे बताए । उनले उक्त पहल कदमीका लागि उत्सवका संरक्षक केवल भण्डारी सहित सम्पूर्ण आयोजक टिमलाई बधाई दिए ।

 

कर्णाली सभ्यताकाे जननी भएकाे र यहाँकाे एतिहाँसिक विरासतलाइ संसारभर चिनाउन अावश्यक रहेकाे उनले बताए । पूर्व गृहमन्त्री समेत रहेका शर्माले भने , ‘कर्णालीमा बगेको प्रत्येक पानीको थोपा, कर्णालीका हरेक वनस्पतिका पात र जडा र बोक्राहरुलाई , यहाँका नदि ताल , हिमाल , पहाड , खोच , वेशी र भ्यालीहरुलाई जब हामी एउटा मूल्यमा बदल्छौं तब कर्णाली स्वाभीमानी र समृद्ध भएर देखिनेछ ।’

कर्णालीकाे विकास मोडेल यहीँ भएको र सबैको कार्यभार यही भएकाे नउले बताए । अब कर्णालीको परिभाषा फेर्न आवश्यक रहेको भन्दै उनले कर्णालीको विकास बिना देशको विकास सम्भव नरहेकाे दावी गरे ।  ‘कर्णालीका दलितहरुको मुक्ती नभइकन कर्णालीको विकास हुदैँन । कर्णालीमा दलितहरुको बाहुल्यता छ । उनीहरुले सबैभन्दा बढी भोगिरहेको उत्पिडन भोगिरहेका छन् । यसको अन्त गरेर जात प्रथाबाट मुक्ति गरेपछि मात्र विकासको प्रारम्भ हुन्छ,’ नेता शर्माले भने ।

उत्सव संयोजक कमल लम्सालले विगतका चार वर्ष झैं यो वर्ष पनि बुलबुलेमा बसेर कुरा गरेको बताए । लोकतान्त्रिक ढंगले कुराकानी गर्नुले लोकतन्त्रलाई मजबुद बनाउँले बताए । कुरै गर्न नपाउने समाजमा कुरा हुनु नै ठूलो भएको संयाेजक लम्सालकाे ठहर छ ।

उत्सवमा पहिलो दिन प्रकोप र पुननिर्माणका विषयमा छलफल भयो । दोस्रो दिन समाज, साहित्य र विकासका विषयमा छलफल केन्द्रित भयो भने तेस्रो दिन लोकतन्त्र र सुशासनका विषयमा छलफल भएकाे थियाे ।  कर्णालीको बारेमा गन्थन , मन्थन र चिन्तन गर्न  यो उत्सवमा हुने गरेको संयाेजक लम्सालले बताए  ।




फेसबुकबाट तपाईको प्रतिक्रिया