सरस्वती मावि रागसपाइलामा प्रधानाध्यापक शर्माले २५,१२५ रुपैयाको अक्षयकोष स्थापना


सुर्खेत
सुर्खेतको बीरेन्द्रनगर २ मा रहेको सरस्वती मावि रागसपाइलामा कृषि विकास बैंक सुर्खेतले  बैंकको संस्थागत उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालय आइसीटी सहयोगको लागि ५० हजार रुपैया दिएको छ ।
बैंकका प्रदेश प्रमुख सरोज टन्डन, गणेश पाण्डे र मानबहादुर खड्काले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर बयलकोटी र प्रधानाध्यापक शर्मालाई आइसीटीको लागि ५० हजार रुपैयाको चेक हस्तान्तरण गरेका छन् ।


कार्यक्रममा प्रदेश प्रमुख टन्डनले सहरको पुँजी, ज्ञान, सीप, अनुभव र प्रविधीलाई गाउँस्तर सम्म पुर्याउनुको साथै गाउँमा खेर गईरहेको साधन, स्रोत, समय र क्षमताको उच्चत्तम प्रयोगमा बैंकले सहयोगीको भूमिका निर्वाह गरेको बताए ।
कर्णाली प्रदेशमा मात्र बैंकलेल ५ अर्व कर्जा प्रवाह र ४ अर्व भन्दा बढी निक्षेप संकलन गरेको उनले उल्लेख गरे ।

यस्तै विधालयका प्रधानाध्यापक सरिता शर्माले विपद जोखिममा परेका तथा जेहेन्दार विधार्थीको लागि २५, १२५ रुपैयाको अक्षयकाेष स्थापना गर्नु भएको छ ।


कार्यक्रममा प्रधानाध्यापक शर्माले बैंकले विद्यालयलाई गरेको सहयोग सधैँ स्मरणयोग्य भएको उल्लेख गर्दै बैंकप्रति आभार व्यक्त गरिन । विद्यालयको नेतृत्व शर्माले समालेपछि स्तरीय शिक्षाका साथै अरु क्षेत्रहरुमा पनि विद्यालयले राम्रो प्रगति र उन्नति गदै आएको अभिभावकहरुले बताएका छन् ।
कार्यक्रममा उषा नेपाली, गणेश पाण्डे, व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर बयलकोटी, जीतबहादुर रामजाली, हिरासिंह विष्ट, गजबहादुर बुढालगायतले आफ्नो धारण राखेका थिए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया