सुर्खेत
नेपाली सेनाको उत्तर–पश्चिम पृतना हेडक्वार्टर सुर्खेतले एकताका लागि ‘रन फर युनिटी’ कार्यक्रम आयोजना गरेको छ ।
कर्णालीको पहिचानका रूपमा रहेको लामो दूरीको दौडको प्रवर्द्धन र खेलकुद क्षेत्रको विकास गर्दै एकताको भावना जागृत गर्न रन फर युनिटी गरिएको सेनाले जनाएको छ ।
शनिवार बीरेन्द्रनगरमा गरेको विभिन्न दौडमा प्रथम, दितीय र तृतीय हुने धावकहरुलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको छ ।
दौड अन्र्तगत २१ किलो मिटर दौडमा दलबहादुर कुँवर प्रथम, सन्तोष नाथ योगी दितीय र आशिष गुरुङले तृतीय भएका छन् ।
नेपाली सेनाले कुँवरलाई ३५ हजार, योगीलाई २५ हजार र गुरुङलाई १५ हजार नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरेको छ ।
यस्तै महिला तर्फको १० किलोमिटरमा आशा रावल प्रथम, समिता बुढा दितीय र राज्यलक्ष्मी रावल तृतीय भएका छन् ।
पुरुष तर्फको १० किलोमिटर दौडमा धीरबहादुर बुढा प्रथम, सन्दीष् नेपाल दितीय र अक्कल बुढा तृतीय भएका छन् ।
१० किलोमिटर दौडमा प्रथम, दितीय र तृतीय हुने पुरुष र महिला धावकलाई २० हजार, १० हजार र ५ हजार नगरपुरस्कार प्रदान गरिएको छ ।
यस्तै ५ किलोमिटर तर्फ महिलामा कल्पना बुढा प्रथम, विमला कार्की दितीय र उर्मिला खनाल तृतीय भएका छन् ।
उनीहरुलाई क्रमश १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार र प्रमाण पत्र दिइएको छ ।
यस्तै ५ किलोमिटर पुरुष दौडतर्फ अजय विक प्रथम, दीपेन्द्र बोहरा दितीय र सुजन विक तृतीय भएका छन् ।
उनीहरुलाई क्रमश १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार र प्रमाण पत्र दिइएको छ ।
कार्यक्रममा उत्तर–पश्चिम पृतनाका पृतनापति उपरथी कृष्णदेव भट्टले सेना र जनतावीचको सम्बन्धलाई मजबुत बनाउँदै राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने रन फर युनिटी गरिएको बताए ।
रन फर युनिटी कार्यक्रमबाट खेलाडीहरूलाई हौसला मिल्नुको साथै सेना र जनतावीचको सम्बन्ध अझ सुमधुर हुने उनले उल्लेख गरे ।
कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख तिलक परियार, मुख्यमन्त्री राजकुमार शर्मालगायत विभिन्न व्यक्तिहरुको सहभागीता रहेको थियो ।
सेनाले सैनिक सामग्री तथा फोटो प्रदर्शनीको पनि गरेको थियो ।
राराखबर । २०८०, १२ फाल्गुन शनिबार